Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

बढ्याे वायु प्रदूषण, म्याग्दीकाे वायु अस्वस्थ्य

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७ पटक पढिएको
बढ्याे वायु प्रदूषण, म्याग्दीकाे वायु अस्वस्थ्य

मौसम धुम्मिएसँगै बेनीकाे वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ ।

आईक्यू एअरका अनुसार बेनीकाे वायुमण्डलमा शनिवार एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ११० पुगेको छ । सामान्यतया ०-१९ सम्मलाइ राम्राे र २०-४९ सम्मलाइ ठिक ५०-९९ लाइ नराम्राे १००-१४९ सम्मलाइ अस्वस्थ्य १५०-२४९ सम्मलाइ धेरै अस्वस्थ्य र २५० एक्यूआईलाइ मानव स्वास्थ्यकालागी खतरा मानिन्छ ।

पछिल्ला केही िदनदेखी देशभरकाे वायुमण्डल प्रदुषित भएकाे छ । स्वास्थ्य मन्त्रालयले काठमाण्डाैमा अतिअावश्यक काम बाहेक बाहिर ननिक्लन र सवारी नचलाउन अाग्रह नै गरेकाे छ । अमेरिकाको हार्वड युनिभर्सिटी र जर्मनीका वैज्ञानिकहरूले अमेरिका र चीनमा चार महिनाअघि गरेको अध्ययनअनुसार वायु प्रदूषण बढी भएका स्थानमा बस्नेहरूमा कोभिड–१९ संक्रमण बढी हुने देखिएको छ । उक्त अध्ययनले कोभिड–१९ बाट भएका मृत्युमध्ये १५ प्रतिशतको मुख्य कारण वायु प्रदूषण नै रहेको ठम्याएको छ ।

डब्लूएचओले वार्षिक औसत पीएम २.५ को मापदण्ड १० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ । सरकारले तोकेको मापदण्डलाई वार्षिक हिसाबले हेर्दा ४९ माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ । ‘स्टेट अफ ग्लोबल एयर– २०२०’ का अनुसार नेपालमा वायु प्रदूषणका कारण वर्सेनि ४२ हजार १ सय जनाको मृत्यु हुने गरेको छ । डब्लूएचओका अनुसार सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण करिब ३७ हजार जनाको मृत्यु भएको थियो ।

वायु प्रदूषणका कारण खासगरी फोक्सोको क्यान्सर, मुटुको रोग, फोक्सोको रोग (सीओपीडी), दम, निमोनिया, मस्तिष्कघात (स्ट्रोक), कम तौल वा समय नपुग्दै बच्चा जन्मिने समस्या हुन्छ । वायु प्रदूषणका कारण विश्वमा वार्षिक ७० लाख जनाको मृत्यु हुने गरेको छ ।

२.५ माइक्रोग्रामभन्दा मसिना कणलाई पीएम २.५ भनिन्छ । मानिसको कपालको औसत मोटाइ ६० माइक्रोग्राम हुन्छ । ‘सानो कण श्वास नलीमार्फत फोक्सोसम्म पुग्छ,’ विज्ञ सञ्जय खनालले भने, ‘मसिना कण हावामा लामो समयसम्म बस्छन् र ती शरीरभित्र पस्ने सम्भावना बढी हुन्छ ।’

शहरमा यातायातका साधन वायु प्रदूषणका मुख्य स्रोत हुन् । म्याग्दी समेत ग्रामिणा क्षेत्रमा भने सडकको धूलो र डढेलाेबाट निक्लने धुँवा वायु प्रदूषणका स्रोत हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित