FLASH NEWS
  • Loading...

बेनीमा धिताेपत्र दलालकाे शाखा कार्यालय खुल्दै

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १३८ पटक पढिएको
बेनीमा धिताेपत्र दलालकाे शाखा कार्यालय खुल्दै

शेयर खरिदविक्री सम्बन्धी काराेवार गर्न म्याग्दीमा पहिलाे पटक धिताेपत्र/शेयर दलाल (स्टक व्राेकर) काे कार्यालय सन्चालनमा अाउने भएकाे छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से ) ले शाखा विस्तार अनुमति दिएसँगै काठमाण्डाैकाे अनाम नगरमा मुख्यालय रहेकाे धिताेपत्र/शेयर दलाल (स्टक व्राेकर) न‌ ३४ भिजन सेक्युरिटी प्रालिले बेनीकाे गणेशटाेलमा शाखा सञ्चालन गर्न थालेकाे व्यवसायी नाराणा जिसीले बताए ।

धिताेपत्र/शेयर दलाल (स्टक व्राेकर) भनेकाे कमिसन लिएर लगानीकर्ताकालागि धिताेपत्र किनवेच गरिदिने कम्पनी हुन । यीनिहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से )का  इजाजत पत्र  (लाइसेन्स ) पाएका सदस्य हुन ।

बजार निर्माता (Market maker) एउटा अनुमति प्राप्त संस्था, धितोपत्र दलाल, धितोपत्र व्यापारी वा शेयर दलाल संस्था हो । डिवेञ्चर वा सामूहिक लगानी योजना वा सूचीकृत धितोपत्रहरूमा तरलता प्रदान गर्ने उद्देश्यले धितोपत्र आफ्नो नामबाट खरीद बिक्री कारोबार गर्ने संस्थालाई बजार निर्माता भनिन्छ ।

बजार निर्माताले क्रेता र बिक्रेताबीचको समयको अन्तरलाई पुलको रूपमा जोडिदिने काम गर्छ । सामान्यतया दोश्रो बजार बजारमा खरिद र बिक्री एकैपटक हुन्छ । बिक्रेताको शेयर त्यतिबेला मात्र बिक्री हुन्छ, जब खरिदकर्ता उक्त शेयर खरिद गर्न आउँछन् । त्यस्तै एउटा खरिदकर्ताले तबमात्र दोश्रो बजारबाट शेयर खरिद गर्न पाउँछ जब बिक्रेताले बिक्री गर्न तयार हुन्छ । यसरी एक अर्काको सहमति बिना कारोबार सम्भव नै हुँदैन ।

बजार निर्माताले जहिले पनि बिक्रेतालाई बजार मूल्यभन्दा केही कम र क्रेतालाई बजार मूल्य भन्दा केही बढी न्यूनतम मूल्य तोकेर शेयरको खरिद तथा बिक्रीको बोलकबोल गराउँछ । यसरी क्रेता वा बिक्रेतामध्ये कुनै एक पक्ष भए पनि बजार निर्माताले उसको शेयर खरिद गरिदिन्छ र क्रेता नआउञ्जेल होल्ड गरेर राख्छ । त्यसबीचको मूल्यको जोखिम पनि उसैले लिन्छ । यसरी बजार मूल्य भन्दा कममा किन्ने र बढीमा बेच्दा आउने नाफा बजार निर्माताको आम्दानी हुन जान्छ । तर बजार निर्माता ठूलो परिमाणको खरिदबिक्रीमा मात्र सहभागी हुन्छ ।