FLASH NEWS
  • Loading...

नेपाल-बंगलादेश व्यापारका लागि रोहनपुर-सिंहवाद रेल सम्झौता

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १७७ पटक पढिएको
Post Thumbnail

बंगलादेशको दुई दिने भ्रमण सकेर राष्ट्रपति  विद्यादेवी भण्डारी मंगलबार नेपाल फर्किएकी छन्। भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच चारवटा सम्झौतामा हस्ताक्षर भएका छन्।

बंगलादेशका राष्ट्रपित बंगबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकीको अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा बंगलादेश पुगेकी राष्ट्रपति भण्डारीको उपस्थितिमा भएको द्वीपक्षीय वार्तामा उर्जा व्यापारको लागि द्विपक्षीय सहकार्य अघि बढ्ने भएको छ।

यस्तै द्विपक्षीय व्यापारको प्रबर्द्धन गर्ने र व्यापारलाई सन्तुलित बनाउने, बंगलादेशले नेपाललाई सरल एवम् सहज ढङ्गबाट पारवहन सेवा उपलब्ध गराउने, कृषि, संस्कृति, पर्यटन लगायतका क्षेत्रहरूको विकासको लागि दुवै देशको सम्भाव्यतालाई आपसी सहकार्यको माध्यमबाट समेत उच्चतम उपयोग गर्ने जस्ता विषयहरूमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यस्तै राष्ट्रपति भण्डारी र बंगलादेशका प्रधानमन्त्री महामहिम शेख हसिनाबीचको भेटघाटको अवसरमा नेपालको जलविद्युत बंगलादेशमा निर्यात गर्ने, दुवै देशबीचको व्यापारमा वृद्धि एवम् सन्तुलन कायम गर्ने, हवाई सेवाको विस्तार, रेलसेवा तथा सडकमार्गको सुधार एवम् अन्तर्देशीय जलमार्गको संचालन जस्ता सम्पर्क संजालहरूको विकास गर्ने, नेपालको लागि बंगलादेशबाट थप पारवहनको सुविधा उपलब्ध गराउने, शिक्षा एवम् कृषि क्षेत्रमा सहकार्य वृद्धि गर्ने तथा जलवायू परिवर्तन जस्ता समसामयिक र ज्वलन्त विषयमा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मञ्‍चहरूमा एकापसमा सहयोग, अभिवृद्धि र सहकार्य गर्ने लगायतका विविध विषयहरूमा छलफल भएको मन्त्रालयले जनाएको छ।

के के सम्झौता भए?

नेपाल र बंगलादेशबीच ४ वटा सम्झौता ज्ञापनपत्र/विनिमयको पत्रहरु (मेरो रेण्डम अफ अन्डरस्ट्यान्डिङ/लेटर अफ एक्सचेन्ज) मा हस्ताक्षर भएको भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। पर्यटन साझेदारी सम्बन्धी सम्झौता ज्ञापनपत्र, सेनिटरी एण्ड फाइटोसेनेटरी (खाद्य सुरक्षा, मानव पशुपंक्षी तथा वोट विरुवा सम्बन्धी स्वास्थ्य, रोग) सम्बन्धी सम्झौता ज्ञापनपत्र, सांस्कृतिक आदानप्रदान कार्यक्रम २०२२-२०२५ सम्बन्धी विनिमय पत्र, र नेपाल-बंगलादेश तथा तेस्रो देशसँग ट्राफिक ट्रान्जिटका लागि रोहनपुर-सिंहवाद रेलवे रुट उपलब्ध गराउने सम्बन्धी विनिमय पत्रमा हस्ताक्षर भएको छ।

मुख्यगरी चौथो विनिमयपत्रमा हस्ताक्षर सम्बन्धी चर्चा सुरु भएको छ।

के हो रोहनपुर-सिंहवाद रेल?

रोहनपुर-सिंहवाद रेलवे सर्भिस भारत र बंगलादेशबीच पारवहन सेवा उपलब्ध  गराउने रेल सेवा हो। यो रेलवेको भारतमा सिंहवाद रेलवे स्टेसन छ भने बंगलादेशतर्फ रोहनपुर रेलवे स्टेशन।

१९७८ अगस्ट १५ मा भारत र बंगलादेशबीच एक सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको थियो। सोही सम्झौतापछि यो रेल सेवालाई बंगलादेश र नेपालबीच ओभरलोड  ट्रान्जिट ट्राफिक सुविधा उपलब्ध गराउन दुई देशबिच सहमति भएको थियो।

सोही सम्झौता अनुसार २०११ सेप्टेम्बर ६ मा भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंहको बंगलादेश भ्रमणका क्रममा भारत र बंगलादेशबिच बंगलादेश र नेपालबिच ओभरलोड ट्रान्सिट ट्राफिक सुविधासम्बन्धी सम्झौता ज्ञापनपत्रको परिशिष्ट (अडेनम)मा हस्तक्षार भएको थियो।

१९७८ देखि नै नेपाल बंगलादेश व्यापारका लागि प्रयोग हुँदै आएको यो रेल रुटमा २०११ मा दुई देशबीच अडेनममा हस्ताक्षर गरी नेपाल बंगलादेश ओभरलोड ट्रान्सिट ट्राफिकका लागि नयाँ रेल रुट सञ्चालन गर्ने सहमति भयो।

सन् २०११ मा भारत र बंगलादेशबिच भएको सहमति नेपाल र बंगलादेश देखि र सम्म रेल ट्रान्सिटका लागि भारतीय सिंहवाद रेलवे स्टेशन र बंगलादेशको रोहनपुर रेलवे स्टेसनको सेवा सुविधा प्रयोग गर्ने र त्यसका लागि आवश्यक पूर्वाधार निर्माणमा दुवै पक्ष सहमत भएका थिए।

त्यस्तै भारतको रिधकापुर रेल स्टेशन र बंगलादेशको विरोल रेल्वे स्टेसनलाई पुन: संचालन गर्दै नेपालसँगको व्यापारका लागि प्रयोग गर्ने सहमति भएको थियो। त्यस्तै बंगलादेश र नेपालबीच व्यापारका क्रममा ‘वान टाइम लक (ओटिएल)’ लागु हुने र जुन भारत प्रवेश गर्ने सीमावर्ती स्थल भन्सार कार्यालयमा लगाइने र त्यसलाई भारतबाट बाहिरिने नाकामा जाँच गर्ने सहमति पनि भारत र बंगलादेशबीच भएको थियो।

बंगलादेश र भारतबीच भएको सम्झौताको कार्यान्वयनका लागि नेपाल र भारतबीच विनिमय पत्रमा हस्ताक्षर मंगलबार मात्र भएको हो। यसअघि नै यही रुटको प्रयोग  भइ दुई देशबीच व्यापारको आदानप्रदान भने भएको थियो।

गत फेब्रुअरीमा मात्र बंगलादेशबाट यही रुटको प्रयोग गरी मल नेपालसम्म आइपुगेको थियो। त्यतिबेला भारतीय मिडियाले नेपाल-बंगलादेश व्यापारमा सहजीकरण गरेको समाचार प्राथमिकताका साथ प्रकाशित भएका थिए।

सन् २०१६ मा नेपाल बंगलादेश वाणिज्य सचिवस्तरीय बैठकले द्वीपक्षीय व्यापार साझेदार बढाउने सहमति गर्दै सिंहवाद-रोहनपुर रेल पारवहान सेवा सुरु गर्ने सहमति गरेका थिए।

त्यतिबेला नेपालले राधिकापुर-विरोल रेललाईनलाई ब्रोडगेजमा परिणत गर्न बंगलादेशसँग आग्रह गरेको थियो।

लामो प्रतिक्षापछि बंगलादेशले भारतसँग सम्झौता गरेको लामो पर्खाइपछि बल्ल नेपालले बंगलादेशसँग सो विनिमय पत्रमा हस्ताक्षर गरेको हो। नेपाल बंगलादेशबीच १९७६ मा भएको पारबहान सम्झौतामा संशोधन गर्ने गरी रोहनपुर-सिंहवाद रेलवे रुट प्रयोगसम्बन्धी सहमति भएको हो। चैत ५ गतेको मन्त्रिपरिषदको बैठकले उक्त पत्रमा हस्ताक्षर गर्ने निर्णय स्वीकृत गरेको थियो। विजमाण्डाैमा समाचार  छ ।