FLASH NEWS
  • Loading...

नयाँ वर्षमा मिस्त्रीखोलाको विजुली बल्ने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८१ पटक पढिएको
नयाँ वर्षमा मिस्त्रीखोलाको विजुली बल्ने

निजी क्षेत्रबाट निर्मित नेपालको सवै भन्दा सस्तो प्रोजेक्ट मानिएको मिस्त्रीखोला जलविधुत (४२ मेवा)ले नयाँ वर्ष ०७८ सँगै ब्यवसायीक विधुत उत्पादन थाल्ने भएको छ ।
अन्नपूर्ण गाउँपालिका, ३ नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोलाबाट उत्पादित विधुत केन्द्रीय ग्रीडमा जोड्न आयोजनाले नारच्याङवेशी–दाना ४ किमी लामो २ सय ३२ केभिए डवल सर्किट क्षमताको ट्रान्समिसन लाईन निर्माणगरी लाईन चार्ज सफल भएको छ ।
आयोजनाले अहिले पावरहाउस भित्र विधुत वेट टेष्ट (टवाईनहरु) परिक्षण भैरहेको जनाएको छ ।

आयोजनाले पहिलो १५ दिन तीन हजार दुई सय मिटर लामो टनेलमा पानी भरेर चुहावट अध्ययनपछी पुन: टनेल र पेनस्टक पाईपमा पानी भरेर प्रेसर परिक्षण पनि गरिरहेको छ ।

‘मिस्त्रीखोला जलविध्ुत आयोजना ब्यवसायीक उत्पादनको अन्तिम चरणमा छ । अहिले हामी टवाईनमा पानी पठाएर टवाईन समेतका उपकरणको मिहिन परिक्षण गरिरहेका छौं’ आयोजनाको कन्सल्टेन्ट कम्पनी हाईड्रो कन्सल्ट इन्जिनियरिङका आवसिय इन्जिनियर दिवाकर खड्काले भने, ‘विधुत उत्पादन गर्ने मुख्य उपकरण टवाईनमा कुनै खरावी देखिएन भने १५ दिन विधुत प्राधिकरणको नियमनमा परिक्षण उत्पादनपछि बैशाख १ बाट ब्यवसायीक उत्पादन गर्ने लक्ष्य छ ।’


माउण्टेन इनर्जी (साविक रोवष्ट इनर्जी) प्रालिले ०७३ जेठबाट निर्माण थालेको आयोजना सम्पन्न गर्न ५ अर्व ६४ करोड खर्च भएको छ । प्रति मेगावाट लागत १३ करोड ५० लाख उत्पादन लागत रहेको मिस्त्रीखोला नेपालकै सस्तो प्रोजेक्ट भएको आयोजनाले दावी गरेको छ ।
‘हामीले जानेवुझेसम्म मिस्त्रीखोला नेपालकै सस्तो विधुत प्रोजेक्ट हो’ इन्जिनियर खड्काले थपे, ‘मिस्त्रीखोला जलविधुत आयोजनामा चासो राख्नेकालागी मोडेल प्रोजेक्टको रुपमा बनेको छ ।’
मिस्त्रीखोलाबाट विधुत उत्पादन सुरु भएप्छि विधुत प्राधिकरणको स्वामित्वमा उत्पादन अवस्थामा रहेको अन्नपूर्ण गापा, ४ घराप स्थित २ मेगावाट क्षमताको तातोपानी सानो जलविधुत आयोजना हिउँदमा विस्थापित हुने छ ।
प्राधिकरण र आयोजना विच विधुत खरिद सम्झौता अनुसार तातोपानी सानो जलविधुत केन्द्र मिस्त्रीखोला जलविधुत उत्पादक कम्पनी हिउँदमा बन्द गर्ने र बर्खायाममा भने चलाउने सर्त छ ।


बराह शिखरबाट झर्ने रेले, निलगिरी र घलेम्दी खोलाको संगमस्थल नजिकै बाँध बनाई ३५ सय मिटर लामो सुरुङ्गबाट १९ क्यूविक पानी ल्याएर दुई सय ४० मिटर तल नारच्याङ्ग बेंशी गाउँमा विधुत गृह निर्माण गरी प्रतिघन्टा २ सय २५ गिगावाट विधुत शक्ति उत्पादन हुने छ । आयोजनाले विधुत प्राधिकरणसँग प्रति यूनिट बर्खा याममा ४ रुपैयाँ ६६ पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा बिधुत खरिद सम्झौता गरेको छ ।
कालीगण्डकी करिडोरमा उत्पादित विध्ुत केन्द्रीय ग्रिडमा जोड्न अन्नपूर्ण गाउँपालिका, ३ दानादेखी पर्वतको कुस्मा खुर्कोट सवस्टेसन जोड्ने २२० केभिए प्रसारण लाईन संञ्चालनमा आएसँगै मिस्त्रीखोलाको विधुत पनि केन्द्रीय ग्रीडमा जोडिन लागेको हो ।
त्यसैगरी अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमै निर्माणाधिन निलगिरी ३८ मेवा, ६ मेगावाटको रेलेखोला र अन्नपूर्ण गापा, ६ घारमा निर्माणाधिन १४ मेगावाटको घारखोला जलविधुत पनि एक बर्ष भित्रमा राष्ट्रीय ग्रीडमा जोडिने गरी धमाधम निर्माणमा छन ।