FLASH NEWS
  • Loading...

नेपाली भारतीय भन्दा धेरै खुशी

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १७१ पटक पढिएको
नेपाली भारतीय भन्दा धेरै खुशी

नेपाल भारतभन्दा बढी र चीनभन्दा कम खुशी मुलुक घोषणा भएको छ ।

संयुक्त राष्टसंघको दिगो विकास समाधान नेटवर्कले शुक्रवार सार्वजनिक गरेको वल्र्ड ह्यापिनेस रिपोर्टले यस्तो देखाएको हो ।

नेटवर्कले विश्वका १४९ मुलुकमा गरेको अध्ययनमा नेपाल ८७ औं स्थानमा छ । यो सूचीमा चीन ८४ औं र भारत १३९ औं स्थानमा छन् ।

रिपोर्टले नेपाललाई दक्षिण एसियाकै खुशी मुलुकको रुपमा घोषणा गरेको हो ।