FLASH NEWS
  • Loading...

‘संविधान र व्यवस्था बचाउने काँग्रेसको पहिलो काम हो ’ नेता पाैडेल

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८३ पटक पढिएको
‘संविधान र व्यवस्था बचाउने काँग्रेसको पहिलो काम हो ’ नेता पाैडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले सत्ताका लागि मरिहत्ते  गर्न नहुने बताएका छन ।

नेपाली काँग्रेस म्याग्दीका पुर्व सभापति स्व. डा. भूपेन्द्रबहादुर खड्काको स्मृतिमा बेनीमा आयोजित श्रद्धाञ्जली सभामा नेता पौडेलले काँग्रेसको ढुलमुले नीतिका कारण अवसर गुमाएको बताउँदै लोकतन्त्र र प्रजातन्त्रका लागि लडेको काँग्रेसको पहिलो प्राथमिकता भनेको सत्ता नभएर संविधान र व्यवस्था बचाउनु भएको उल्लेख गरे ।

‘संविधान र व्यवस्था बचाउने काँग्रेसको पहिलो काम हो ’ नेता पाैडेलले भने ‘‘नयाँ राजनीतिक परिस्थितिमा काँग्रेसले ढुलमुल नीति लिने अवस्था छैन । खास कुरा गर्नुपर्दछ । काँग्रेसले खसोखास कुरा गर्दछ भन्ने कुरा जनातालई विश्वास दिलाउनुपर्दछ ।’’

कार्यक्रममा नेता पौडेलले स्वर्गीय खड्काले लोकतन्त्र र प्रजातन्त्रका लागि गरेको योगदानको चर्चा गरिएकाे थियो । कार्यक्रममा म्याग्दी लगायत पर्वत र बागलुङका काँग्रेस नेताहरुले स्वर्गीय खड्काप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । काँग्रेस सभापति खम्बिर गर्बुजाको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभामा उपसभापति माधवप्रसाद रेग्मीले स्वागत र सञ्चालन सहसचिव भरत रकालले गरेका थिए ।