FLASH NEWS
  • Loading...

गुराँस पार्क बनाउने महावीर पुनको सपना १२ बर्षपछि पुराहुँदै

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ९८ पटक पढिएको
गुराँस पार्क बनाउने महावीर पुनको सपना १२ बर्षपछि पुराहुँदै

अन्नपुर्ण गापा ७ रिमाकाे लेकमा अवस्थित फुलवारी स्थित सामुदायीक हाेटल र ढकमक्क फुलेका गुराँसकाे जगलकाे फाइल फाेटाे । यही स्स्थानमा गुराँस पार्क बन्न लागेकाे हाे ।

सामाजिक अभियन्ता महाविरले गुराँस पार्क बनाउने १२ बर्षअघि देखेको सपना वल्न पुरा हुने भएको छ ।

अभियन्ता पुनले संसारभर पाईने प्रजातीका गुराँस रोपेर गुरााश पार्क बनाउने सपना जग्गा प्राप्ती नभएपछि पुनको प्रस्तावलाई रुचाएका स्थानीयको मागका आधारमा प्रदेश सरकारले गुराँस पार्क बन्न लागेके छ ।

गण्डकी प्रदेश पर्यटन मन्त्रालयको ९ लाख ६० हजार र समुदायको १ लाख १० हजारगरी १० लाख ७० हजारको लागतमा नेपालभर पाईने सवै ३२ जातका गुरााश रोपेर गुराास पार्क बनाइने भएको हो ।

गुराास पार्क बनाउन प्रदेश सरकारबाट बजेट प्राप्त भै वन उपभोक्ता समिति मार्फत पार्क निर्माणको गर्न जग्गा प्राप्ती समेतको काम सुरु भएको छ’ डिभिजन वन कार्यालय बेनीका प्रमुख सन्तोष पोखरेले भने, यहाा नपाईने प्रजातिका गुराासका वेर्ना तीनजुरे–मिल्के क्षेत्रबाट ल्याउन संखुवासभाको वन कार्यालयसाग समन्वय भैरहेको छ । डिएफओ सरले आउनुस वेर्ना ब्यवस्था गरौंला भन्नु भएकोले ढुक्क छौं ।Õ

अन्नपूर्ण संरक्षण क्षेत्र विकास कोष (एक्याप)को अभिलेख अनुसार संसारकै सर्वाधिक ठूलो लालीगुराँशको जंगल मानिएको कास्कीको घान्द्रुकदेखी म्याग्दीको राम्चेसम्मको जंगलमा ८ प्रजातिको मात्र गुराँश पाईन्छन । यहाँ २३ प्रजातिको गुराँश भने एक नम्बर प्रदेशको तीनजुरे मिल्के गुराँश संरक्षण क्षेत्र आयोजनाबाट ल्याउने योजना छ ।

गुराँश पार्क निर्माणस्थल फुलवारी महावीर पुनको अगुवाईमा समुदायले संञ्चालन गरेको पर्यटन क्षेत्रमा नमुना मानिएको बेनी–नागी–महरे–खोप्रा सामुदायीक पर्यापदमार्गमा पर्छ । त्यसैगरी घोरेपानी (पुनहिल)–करवाकेली साँस्कृतिक पदमार्ग, नागी–घोरेपानी–पोखरा पदमार्ग जोडिने स्थलमा फुलवारी रहेको छ ।

‘८ प्रजातिका गुराँश, चिमल र अन्य विभिन्न प्रजातिका फुलफुल्ने वगैचा भएकैले यस ठाउँको नाम फुलवारी रहन गएको हो । फुलवारी आफैमा गुराँश पार्क नै हो, यहाँ अन्य प्रजातिका गुराँश रोपेर नमुना बनाउने कुराले हामी उत्साही छौं’ फुलवारीबाट सवैभन्दा नजिको वस्ती, अन्नपूर्ण गाउँपालिका, ८ राम्चेका राजु गर्वुजाले भने, ‘गुराँश पार्क बनेपछि पर्यटक बढी आउने र हाम्रा गाउँको उत्पादनले बजार पाउने तथा रोजगारी सृजना हुने आसा राखेका छौं ।’

गुराँश पार्क अन्नपूर्ण गाउँपालिका, ७ रिमा गाउँको सिरानमा अवस्थित नेसरानी सामुदायीक वन क्षेत्रमा पर्ने फुलवारीमा रहेको जंगलवीचको ४० रोपनी खुल्ला खर्क (चौर)मा घेरावन्दी गरी गुराशका वेर्ना रोप्ने योजना छ । वजेट तथा कार्यक्रममा घोरेपानी क्षेत्रमा ‘गुराँश पार्क’ बनाउन बजेट ब्यवस्था गरेपनि वन डिभिजन कार्यालयले घोरेपानी क्षेत्र एक्याप भित्र पर्ने भएकोले काम गर्न समस्या हुने भन्दै सीमा जोडिएको सामुदायीक वनमा ‘गुराँश पाक’ बनाउन लागेको हो ।

यो वर्षको १० लाख ७० हजार बजेटबाट पार्क क्षेत्रलाई तारवारगरी छुट्याउने, गुराँश पार्क क्षेत्रमा एउटा गोलघर बनाउने र त्यहाँ नेपालमा पाईने सवै ३२ प्रजातिका गुराँका फुलहरुको फोटा संग्रह गरिने भएको छ । संभव भए संसारभर पाईने गुराँशका प्रजातिको फुलहरु पनि राखिने नेसरानी सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष लालबहादुर पुनले सुनाए ।

त्यसैगरी गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा अन्नपूर्ण गापा, ७ कै फलवारी नजिकै पेरीवराह ताल संरक्षण तथा पर्यटन प्रर्वद्धन गर्न काम पनि सुरु भएको छ । सिमसार ब्यवस्थापन कार्यक्रम अन्र्तगत पेरीवराह तालको वरपर फुट ट्रेल बनाउने, ४० मिनेट पर रहेको प्रख्याप पर्यटकीय गन्तब्य घोरेपानी/पुनहिलसँग साईकलिङ र पोनी ट्रेल रुट बनाउने काम पनि उपभोक्ता समिति मार्फत काम भैरहेको डिभिजन वन कार्यालय बेनीले जनाएको छ ।

‘पर्यटन पूर्वाधार निर्माण तथा प्रर्वद्धन गर्ने बजेट सहित नयाँ जिम्मेवारी आएको छ । तर हामीसँग पर्यटन पूर्वाधार निर्माणको डिजाईन इष्टमेट गर्ने र नापजाँच गर्ने प्राविधिक नहुँदा कार्यक्रम कार्यान्वयनमा समस्या आएको छ’ वनका निमिक्त डिभिजन प्रमुख सन्तोष पोख्रेलले भने, ‘बजेट हामीलाई आएको छ, पूर्वाधारका डिजाईन गर्न नगर/गाउँपालिकाका प्राविधिकलाई गुहार्नु परेको छ । स्थानीयका आफ्नै धेरै योजनाहुँदा हाम्रा कार्यक्रम प्राथमिकतामा पर्दैनन ।’