FLASH NEWS
  • Loading...

माओवादी केन्द्रको निर्णय : सरकार गठनका लागि कांग्रेस र जसपासँग वार्ता गर्ने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५४ पटक पढिएको
माओवादी केन्द्रको निर्णय : सरकार गठनका लागि कांग्रेस र जसपासँग वार्ता गर्ने

नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने भएको छ ।

मंगलबार कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले कांग्रेस र जसपासँग वार्ता अगाडि बढाउने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘बैठकले अहिलेको सन्दर्भमा संसद, सरकार र राजनीतिक प्रक्रिया अगाडि बढाउने सन्दर्भमा प्रमुख प्रतिपक्षी दलसँग छलफल, वार्ता अगाडि बढाउने निर्णय गरेको छ,’ श्रेष्ठले भने ।

नेकपा एमालेसँग पनि वार्ता हुने तर मुख्य जोड कांग्रेस र जसपासँग हुने श्रेष्ठले बताए । साथै बैठकले पार्टीलाई प्रशिक्षित गर्न फागुन २९ गते काठमाडौंमा केन्द्रीय कमिटी बैठक र चैत १ कार्यकर्ता भेलाको पनि आयोजना गरेको उनले बताए ।

मंगलबारको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे कुनै छलफल नभएको श्रेष्ठको भनाई छ । माओवादीबाट सरकारमा रहेका मन्त्रीले पछिल्लो परिस्थिअनुसार आफ्नो दृष्टिकोण र धारणा प्रस्तुत गर्ने अपेक्षा गरेको श्रेष्ठले बताए । त्यसपछि मात्रै पार्टीले थप निर्णय गर्ने भएको छ ।