FLASH NEWS
  • Loading...

बहराइनका राजपरिवारका सदस्यसहित १६ जनाको टोली सगरमाथा आरोहण गर्न नेपाल आउँदै

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ४४३ पटक पढिएको
बहराइनका राजपरिवारका सदस्यसहित १६ जनाको टोली सगरमाथा आरोहण गर्न नेपाल आउँदै

बहराइनका राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली सगरमाथा आरोहण गर्नका लागि नेपाल आउने भएको छ । मनामास्थित बहराइनका लागि नेपाली राजदूतावासले बिहिबार एक विज्ञप्ति जारी गरी उक्त टोली आगामी चैत २ गते नेपाल आउने भएको जानकारी गराएको छ।

बहराइन डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेको उक्त टोली नेपालमा ७९ दिन रहनेछन् । उक्त टोली विशेष विमानबाट नेपाल आउनेछन् ।

सगरमाथा आरोहणका लागि आवश्यक अन्य बन्दोबस्ती नेपालस्थित सेभेन समिट ट्रेकर्स प्रालिले गरिरहेको छ । यसअघी बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले सन् २०२० को अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफतापूर्वक आरोहण गरेको थियो ।