FLASH NEWS
  • Loading...

मुस्ताङमा चितुवाले आक्रमण गर्दा २२ च्याङ्ग्रा मरे, ३ बेपत्ता

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २०७ पटक पढिएको
मुस्ताङमा चितुवाले आक्रमण गर्दा २२ च्याङ्ग्रा मरे, ३ बेपत्ता

मुस्ताङमा आइतबार राति चितुवाको आक्रमणबाट २२ वटा च्याङ्ग्रा मरेका छन् भने तीन बेपत्ता बनाएको छ ।

घरपझोङ गाँउपालिका-२ निवासी ५४वर्षीय श्यामप्रसाद लालचनको घरपझोङ गाँउपालिका-१ स्थित थालेवनमा रहेको च्याङग्रा गोठमा रहेका रमा (च्याङग्राको पोथी जाति) लाई बाघले आक्रमण गरेर मारेको हो ।

खोरमा रहेका २२ वटा च्याङग्रा चितुवाले मारेको र ३ वटा च्याङग्रा बेपत्ता बनाएको सूचनाका आधारमा प्रहरी उक्त स्थानमा पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।