FLASH NEWS
  • Loading...

प्रवासीले पहिरो पीडितलाई नयाँ घर बनाउँदै सरकारले बल्न पुर्नवास प्रकृया सुरु गर्दै

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २२४ पटक पढिएको
प्रवासीले पहिरो पीडितलाई नयाँ घर बनाउँदै सरकारले बल्न पुर्नवास प्रकृया सुरु गर्दै

मालिका गाउँपालिका, ७ विम तल्लो गाउँको सिरानको गहुँवारीको डिलमा हत्केलामा चिउँडो टेकाएर टुक्क्रुक्क बसेका छन, ७२ बर्षिय अमप्रसाद दर्जी ।

छेउको एउटा गहमा लक्करै १० वटा नयाँ घर निर्माण भैरहेका छन । निर्माणाधिन घरहरुमध्य एउटा अमप्रसादको लागी हो । अमप्रसादको मात्र होईन, पहिरोले बगाएपछि घर बनाउने आफ्नो थातथलो नभएका र आफैले घर निर्माण गर्न पनि नसक्ने आर्थिक अवस्थाका १० परिवारलाई पुर्नवास गराउन म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले एकिकृत वस्ती वसाउन लागेको हो । मोनाले बनाउन लागेका नयाँ घरमा २ बेड, १ किचन, १ लिभिङ रुम र शौचालय हुने छ । सवै घर भुकम्प प्रतिरोधी हुने छन । प्रति घर बनाउन ५ लाख खर्च हुने अनुमान छ ।
निर्माण भैरहेका घरहरु गत असार २६ गते विहान आएको भिषण पहिरोमा घरबास गुमाएका अमबहादुर, प्रेमबहादुर, चन्द्रबहादुर, बलबहादुर, खाम्वीर, लालमायाँ, गुना दर्जी, ज्ञानबहादुर जुग्जाली र डम्बर बहादुर थापालाई हस्तान्त्रण गरिने छ ।
‘दुई हल गोरुले जोत्ने पाखोवारीको छेउमा सानो घर थियो । गत असार २६ गते विहान आएको पहिरोले टोलका सवै ५ घर पहिरोले पुरै लग्यो । ज्यान वाँच्यो । बर्खाको झरी र हिउँदका जाडोका ७ महिना त्रिपालमुनी वित्यो’ मालिका गाउँपालिका, ७ विम नैरुङका ७२ बर्षिय अमप्रसाद दर्जीले भने, ‘ज्यानमा सास भए आस आउने रहेछ । बाहिर देश गएकाहरुले उठाएको पैसाले घर बन्दै छ । आउँदो बर्खा सुरक्षित ठाउँमा बस्न पाईएला भन्ने आसा पलाएको छ ।’
मालिका गाउँपालिका, ७ विमका १० परिवार मात्र होईन म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले जिल्लाका ४० परिवार पहिरो पीडितलाई नयाँ घर बनाई पुनस्थापन गराउन लागेको हो । मोनाले पहिरो पीडितलाई पर्नवास गराउन जिम्मा लिएकामध्य ३२ घर निर्माण भैरहेका छन । बाँकी ८ घर पनि चैत महिनाभित्र निर्माण पुरागरी नयाँ बर्षको पहिलो दिन घर हस्तान्त्रण गर्ने योजना छ ।
जिल्ला विपद ब्यवस्थापन समितिले गृह मन्त्रालयमा पुर्नवास गराउन सिफारिस गरेका बाहीपहिरोबाट घरवार गुमाएका एक हजार ६६ घर परिवारमध्य मोनाले मालिका गाउँपालिका, ७ विममा १० घर, धवलागिरी गाउँपालिकामा १४ घर मंगला, रघुगंगा, अन्नपूर्ण गापा र बेनी नगरपालिकामा ४–४ वटाका दरले १६ घरसमेत ४० वटा नयाँ घर निर्माण थालेको छ ।

मोनाको पुर्नवास कार्यक्रममा जिल्लमा प्रशासन, स्थानीय तहसग समन्वय, निर्माण ब्यवसायी, सामाग्री ब्यवस्थापन तथा घरहरुको मोडेल निर्माण समेतको काममा जिल्लामा मानवीय सेवामा समर्पित ओमकुमारी शान्ति कोष र अध्यक्ष राजेश शाक्यले सघाई रहेका छन ।

‘बाढीपहिरो पीडितलाई नयाँ बर्षको सुरुमै नयाँ घर हस्तान्त्रण गरी निजी आवास निर्माण थालेका छौं’ पहिरोबाट घरवारविहीन भएका पीडितलाई पुर्नवास गराउन कार्यस्थलमा खटेका मोना हङकङका पूर्व अध्यक्ष तथा मोना अन्र्तराष्ट्रिय समितिका सल्लाहकार दल शेरबुजा मगरले भने, ‘विपतमा परेका दाजुभाईलाई पुर्नवास गराउने अभियानमा श्रमदान गर्न फर्केको हुँ । नयाँ वर्ष ०७८ संगै घर हस्तान्त्रण गर्ने गरी काममा जुटेका छौं ।’

शेरपुजा पुर्नवासकालागी निजी आवास पुनतिर्माणकालागी स्वयसेवकको रुपमा हङकङको रोजगारी र परिवार छोडेर पछिल्लो केही महिनादेखी गाउमा खटेका सामाजिक अगुवा हुन ।
मोनाले मात्र होईन, मालिका गाउँपालिका, ७ विममा विम मालिका संघ काठमाण्डौले पनि घरविहीन २२ परिवारलाई पुर्नवास गराउने भएको छ । संघले पुर्नवास गराउने २२ परिवारमध्य घर बनाउन आफ्नै जग्गा नभएका १० परिवारलाई २० लाख खर्चेर ५ रोपनी जग्गा खरिद गरेको छ । सोही जग्गामा मोनाले घरहरु बनाउन लागेको हो । विमका पहिरो पिडितलाई पुर्नवास गराउन विभिन्न संस्थाबाट प्राप्त सहयोग २९ लाख र विम–मालिका संघको ४० लाख रुपैयाँ छ ।

सरकारले पहिरो पीडित पुर्नवास प्रकृया सुरु गर्दै

०७७ जेठ ३०–असोज ३० गतेसम्म मनसुनजन्य विपदको कारण घर गुमाएका जिल्लाका च भ थचतग दुई सय ४७ परिवारलाई पुर्नवास गराउन प्रकृया थालउ।ेको छ ।
सरकारले पहिरो पीडित पुर्नवासकालागी पुर्ननिर्माण कार्यविधी बनाएपछि जिल्ला विपद ब्यवस्थापन समिति मार्फत पुर्नवास कार्यक्रम अगाडी बढाईएको हो । कार्यविधी अनुसार म्याग्दीका पहिरो पीडितले नयाँ घर बनाउन ५ लाख, मर्मतगरी पुन:प्रयोग गर्न ५० हजार र घरबनाउने जग्गा खरिद गर्नु पर्ने भए थप ३ लाख सरकारले पीडितहरुलाई नै दिने भएको छ ।
कार्यविधी अनुसार पहिरो पीडित पुर्नवास अन्र्तगत निजी आवास पुननिर्माण गर्न स्थानीय तहको १० प्रतिशत, प्रदेशको २० प्रतिशत र केन्द्रीय सरकारको ७० प्रतिशत नगद ब्यहोर्ने छन ।
‘मनसुनजन्य विपदबाट घरवारहीन हुन पुगेका जिल्लाका दुई सय ७ पीडित परिवारलाई पुर्नवास गराउन निजी आवास पुननिर्माण प्रकृया सुरु भएको छ’ विहिवार जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद ब्यवस्थापन समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने, ‘थप ४० निजी घर पुननिर्माण गर्न तोकिएको मापदण्ड पालना गर्ने र दोहोरो सुविधा नपर्ने गरी मोनालाई अनुमति दिएका छौं ।’
जिल्ला विपद ब्यवस्थापन समितिको अभिलेख अनुसार रघुगंगा गापामा १६, अन्नपूर्ण गापामा १५, मंगला गापामा २३, बेनी नगरपालिकामा ५७, धौलागिरी गापामा ५९ र मालिका गापामा ८९ घरसमेत जिल्लाका २ सय ४७ घर बाढीपहिरोले पुरै वगाएको/पुरेकाले विस्थापित छन ।
त्यसैगरी घर नभत्केका तर वस्ती/घर पहिरोको उच्च जोखिममा परेका ८ सय २१ घर लाई स्थानन्त्रणगरी सुरक्षित स्थामा पुर्नवास गराउनु पर्ने जिल्ल विपद ब्यवस्थापन समितिले जनाएको छ ।

Pahero pidit @ marang Myagdi

‘घर ड्याङगै भत्केको छैन तर जमिन धजाधजा परेर फाटेको कारण सेही ठाउँमा बस्न योग्य नै छैन । यस्ता उच्च जोखिममा परेका परिवारलाई पनि तत्काल पुर्नवास गराउन आवश्यक छ’ जिल्ला विपद ब्यवस्थापन समितिको बैठकमा धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले कड्किएर भनिन, ‘असारमा पहिरोले बगाएको विधुत अझै बलेको छैन । पहिरोले अवरुद्ध बाटा खुलेका छैनन, पाईप बगाएपछि धारामा पानी आउँदैन । संघ र प्रदेशका कार्यालयहरु सदरमुकाममा कागजी विकास गरेर बसेका छैन ।’
जबाढीपहिरोले वास बगाएपछि घरविहीन भएका परिवारमध्य केही परिवार गाउँमा बसाई गएपछि खाली रहेका छिमेकी/आफन्तको घरमा बसेका छन । अधिकांश अहिलेपनि जस्तापाताको अस्थाई छाप्रो राखेर पाखोमा बस्दै आएका छन ।