FLASH NEWS
  • Loading...

प्रतिनिधी सभा विघटन विरुद्ध काँग्रेस म्याग्दीको विरोध प्रदर्शन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४१ पटक पढिएको
प्रतिनिधी सभा विघटन विरुद्ध काँग्रेस म्याग्दीको विरोध प्रदर्शन

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम  असंवैधानिक र  प्रतिगमन भएको भन्दै  काँग्रेस म्याग्दीले सोमबार बेनीमा  प्रदर्शन गरेको छ ।

संगमचोकबाट निस्केको यालीले बजारको न्यूरोड, क्याम्पसचोक, अस्पतालचोक, संगमचोक हुँदै विरेन्द्रचोकमा आएर सभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा काँग्रेस नेता तथा कार्यकर्ताहरुले ओलीको सरकार  विरुद्धमा चर्को नाराबाजी गरेका थिए ।

विरोध सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य इश्वरी न्यौपानेले ओलीको असंवैधानिक कदमका विरुद्धमा काँग्रेस मात्रै नभएर सिंगो देश नै उभिएको र सरकारका तीन वर्ष वेकारमा खेर गएको आरोप लगाए ।

कार्यक्रममा  काँग्रेस म्याग्दीका सभापती खमवीर गर्वुजा, पूर्व सभापती डाक्टर भुपेन्द्र बहादुर खड्का,  बेलबहादुर पुर्जा,  श्रीराम पौडेल, श्रीप्रसाद रोका, नेपाल महिला संघका जिल्ला अध्यक्ष बिमला गौचन र दलित संघका नेता त्रिलोचन विश्वकर्माले सर्वोच्च अदालतले ओलीको प्रतिगामी कदमलाई सच्याउनेमा विश्वास व्यक्त गरे ।