FLASH NEWS
  • Loading...

सर्वोच्च अदालतमा पहिलो महिला रजिष्ट्रार

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ४८४ पटक पढिएको
सर्वोच्च अदालतमा पहिलो महिला रजिष्ट्रार

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा लालबहादुर कुँवर र रजिष्ट्रारमा निर्मला पौडेल आइतबार नियुक्त भएका छन्।

यस अघिका मुख्य रजिष्ट्रार नृपध्वज निरौला उच्च अदालत दिपायलको मुख्य न्यायाधीशमा नियुक्त भएपछि रिक्त पदमा सर्वोच्चका रजिष्ट्रार कुँवरलाई नियुक्त गरिएको हो। गत माघ ११ मा बसेको न्यायपरिषद् बैठकले न्यायाधीशमा नियुक्ति गरिएको थियो।

माघ २५ गते बसेको न्याय सेवा आयोगको बैठकले कुँवरलाई नियुक्तिको सिफारिस गरेको थियो । माघ २९ गते बसेको मन्‍त्रिपरिषद् वैठकले कुँवरलाई मुख्य रजिष्ट्रारमा नियुक्ति गर्ने निर्णय गरेको थियो । गुल्मीको धुर्कोटमा जन्मेका कुँवर २०५५ सालमा शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेका थिए ।

त्यसैगरी, सर्वोच्चको रिक्त रजिष्ट्रारमा निर्मला पौडेललाई नियुक्त गरिएको छ। मन्‍त्रिपरिषद् बैठकले पौडेललाई रजिष्ट्रारमा नियुक्त गरेको हो । पौडेल सर्वोच्च अदालतको रजिष्ट्रारमा पुग्ने पहिलो महिला हुन्। पौडेल प्रशासकीय अदालतमा थिइन्। विराटनगरमा जन्मेकी पौडेल २०५२ साल मंसिरमा शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेकी हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र