FLASH NEWS
  • Loading...

जन्मदिनको अवसरमा शान्तिकोषलाई सहयोग

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३७४ पटक पढिएको
जन्मदिनको अवसरमा शान्तिकोषलाई सहयोग

जलजला गाउँपालिका, ७ पर्वत घर भै हाल बेनी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तुलसी आचार्यले जन्मदिनको अवसरमा मानवीय सेवाको क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषलाई ५० हजार नगद सहयोग गरेकी छिन ।
आईतवार प्रणय दिवस समेत जुरेकोले आचार्य दम्पत्ति तुलसी र भीमप्रसाद आचार्यले संयुक्त रुपमा रकम कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्त्रण गरे । ओमकुमारी शान्ति कोषले पनि आर्थिक सहयोगी तुलसी आचार्यलाई स्वर्ण सदस्यता प्रदान गरेको छ ।


‘आर्थिक अभावमा स्वास्थ्य उपचार गर्न नसकेका विपन्न नागरिकको उपचारमा जुटेको ओमकुमारी शान्ति कोषमा धेरै पहिलादेखी सहयोग गर्न इच्छा भएपनि अवसर मिलेको थिएन । प्रणय दिवस र जन्मदिन एकै दिन परेको आज सहयोग गर्ने अवसर जुऱ्यो’ सहयोगदाता तुलसीले भनिन, ‘आर्थिक अभावमा उपचार गराउनबाट छुटेका विरामीको उपचारमा सहयोगले उत्प्रेरित गर्ने विश्वास छ ।’


डेढ करोड बढीको अक्षय कोष रहेको ओमकुमारी शान्ति कोषले मृगौला प्रत्यारोपण, कलेजो प्रत्यारोपण गराउने समेत दुई सयबढी विरामीको उपचारमा सहयोग गरेको छ । अहिले थप ५ जना विरामीको उपचारमा आर्थिक सहयोग जुटाएको छ ।