FLASH NEWS
  • Loading...

कालीगण्डकी करिडोर २२० केभीए प्रसारण लाईन भर्चुअल माध्यमबाट उद्घाटन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८७ पटक पढिएको
कालीगण्डकी करिडोर २२० केभीए प्रसारण लाईन भर्चुअल माध्यमबाट उद्घाटन

प्रधानमन्‍त्रीकेपी शर्मा ओलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पर्वतको कुश्मादेखि म्याग्दीको दानासम्मको पहिलो खण्ड उद्घाटन गरेका छन्।

प्रधानमन्‍त्री ओलीले सोही आयोजनाअन्तर्गत कुश्मा नगरपालिका-२ खुर्कोटस्थित २२०/१३२ केभी र म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानास्थित २२०/१३२/३३ केभी सबस्टेसनको पनि उद्घाटन गरेका हुन्। प्रधानमन्‍त्री ओलीले प्रसारण लाइन र दुई सबस्टेसनको बिहीबार काठमाडौंबाट भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन्।

प्रशारण लाईन बनेसँगै यहाँ निर्माण भै अलपत्र परेको घलेम्दी जलविधुतको ५ मेगावाट र मुस्ताङ्गको थापाखोला जलविधुतको १३.६ मेगावाट विधुत केन्द्रीय ग्रीडमा जोडिएको छ ।
निजी क्षेत्रबाट अन्नपूर्ण गाउँपालिकामा निर्मित मिस्त्रीखोला जलविधुत आयोजनाको ४२ मेगावाट विधुत एक एक साताभित्र केन्द्रीय ग्रीडमा जोडिदै छ । त्यस्तै निजी क्षेत्रबाट अन्नपूर्ण गाउँपालिका, ६ घारमा निर्माणाधिन घारखोला १४ मेवा, नारच्याङमा निर्माणाधिन निलगिरी ३८ मेवा, रेलेखोला ६ मेगावाट विधुत एक बर्ष भित्रमा राष्ट्रीय ग्रीडमा जोडिने छन ।


छुट्टै कालीगण्डकी अपर ६४ मेवा, कालीगण्डकी गर्ज १४६ मेवा, कोवाङ–कालीगण्डकी (४५० मेगावाट), माथिल्लो राहुघाट (४८ दशमलव ५ मेगावाट), कालीगण्डकी माथिल्लो (७२ मेगावाट) कालीगण्डकी करिडोर प्रसारण लाईने जोड्ने योजना छ ।
विधुत प्राधिकरणले दाना र खुर्कोट २२०/१३२/३३/११ केभिए कालीगण्डकी करिडोर प्रशारण लाईन र सवस्टेशन निर्माण गर्न भारतिय कम्पनी टाटा र चिनियाँ कम्पनी चिन्टको टाटाचिन्टले दुई अर्व ९० करोडमा सन् २००१८ नोभेम्बरमा निर्माण सम्पन्न गर्ने गरी ३० मे २०१६ मा सम्झौता भएको थियो ।
‘२२० केभिए कालीगण्डकी प्रशासरण लाईन संञ्चालन भएसँगै मिस्त्रीखोला जलविधुत आयोजनाबाट उत्पादित विधुत केन्द्रीय ग्रीडमा जोडिन्छ’ मिस्त्रीखोला जलविधुत आयोजनाका प्रमुख निर्देशक सुव्रत धितालले भने, ‘आयोजनाको अन्तिम परिक्षण भैरहेको छ । अव हप्ता दश दिनमा मिस्त्रीखोलाबाट ब्यवसायीक विधुत उत्पादन हुन्छ ।’