FLASH NEWS
  • Loading...

यी हुन् १९ वर्षकी विश्वकै सुन्दर युवती

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १७२ पटक पढिएको
यी हुन् १९ वर्षकी विश्वकै सुन्दर युवती

१९ वर्षकी मोडल येल शेल्बियाले टिसी क्याण्डलरको वार्षिक सूचीमा १०० सबैभन्दा सुन्दर अनुहारको सूचीमा शीर्ष स्थान हासिल गरेकी छिन् । इन्स्टाग्राममा १ मिलियनभन्दा धेरै फलोअर भएकी येल आफ्नो जीवनशैलीका कारण पनि चर्चामा रहन्छिन् । तर, शानदार जीवनशैलीका कारण उनले अनलाइनमा घृणाको सामना पनि गर्नुपर्छ ।

येलको जन्म इजरायलको एउटा सानो शहरमा यहुदी परिवारमा भएको थियो । उनले १६ वर्षको उमेरमा मोडलिङ सुरु गरेकी थिइन् । एक स्थानीय फोटोग्राफरले उनका इन्स्टाग्राम फोटोहरु देखेपछि उनलाई फोटोशुटमा सहभागी हुन भनेका थिए । त्यसपछि येलको मोडलिङ करिअर अघि बढेको थियो । येलले इजरायलको एयरफोर्समा रहेर सैनिक सेवा पनि गरिसकेकी छिन् ।

येलले अहिले ३६ वर्षका अर्बपति ब्रण्डन कोर्फसँग डेट गरिरहेकी छिन् । ब्रेण्डन अमेरिकाका अर्बपति व्यवसायी सम्नर रेडस्टोनका नाति हुन् । येलले किम कार्दाशियन र काइली जेनरजस्ता सेलिब्रेटीका उत्पादनको लागि मोडलिङ गरेकी छिन् । उनले सुपरस्टार फुटबलर लियोनेल मेस्सीसँग पनि काम गरिसकेकी छिन् । कोरोनाभाइरसका कारण येललाई पनि काम गर्न निकै समस्या भएको छ । यद्यपि उनी कामको सिलसिलामा एकपटक फेरि युरोप र अमेरिका यात्रा गर्न इच्छुक छिन् ।

द सनसँग कुराकानी गर्दै येलले आफ्नो लुकका कारण ट्रोलको पनि सामना गर्नुपरेको बताइन् । येलले विश्वकै सुन्दर अनुहारको उपाधि जितेपछि आफू आश्चर्यमा परेको बताउँदै यस वर्ष आफू पनि प्रतियोगितामा सहभागी भएकोबारे आफूलाई थाहा नभएको बताइन् । २०१७ मा येल यो सूचीमा १४ औं स्थानमा थिइन् । २०१८ मा तेस्रो स्थानमा आएकी येल २०१९ मा दोस्रो र २०२० मा पहिलो स्थानमा पुगेकी हुन् । एजेन्सी ।