FLASH NEWS
  • Loading...

संरक्षक विहीन विमललाई घर बनाउन आर्थिक सहयोग

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८९ पटक पढिएको
संरक्षक विहीन विमललाई घर बनाउन आर्थिक सहयोग

अन्नपूर्ण गाउँपालिका, ६ घारका संरक्षक विहीन विपन्न विमल खड्काको घर बनाउन मोना जापानका सल्लाहकार दधिवल खड्काले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन ।
मोना जापानका सदस्य रुपचन्द्र बरुवाल मार्फत खड्काले पठाएको एक लाख रुपैयाँ विहिवार अन्नपूर्ण गाउँपालिका, ६ घारका वडाध्यक्ष कृष्णप्रसाद बरुवालले आफन्त तथा स्थानीयको रोहोवरमा विमल खड्कालाई हस्तान्त्रण गरे ।
२०७२ सालको भुकम्पले क्षतिग्रस्त निजी घर पुन:निर्माण गर्न पुन:निर्माण प्राधिकरणले तीन लाख रुपैयाँ दिने भनेपनि विमलको घर बनाउने जग्गा हजुर आमाको नाममा रहेको तर हजुरआमा र बाबु लालबहादुरको समेत मृत्यु भै सकेको र आमाले दोस्रो विवाहगरी गएकोले १५ बर्षिय विमलको नामा जग्गा रजिष्टेसन पास नहुँदा घर बनाउन समस्या भएको थियो । विमलकी १४ बर्षिया बहिनी विमला पनि रहेकी छिन ।