FLASH NEWS
  • Loading...

पुलाचौरका रेग्मी परिवारद्धारा १५ लाखको अक्षय कोष स्थापना

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १९९ पटक पढिएको
पुलाचौरका रेग्मी परिवारद्धारा १५ लाखको अक्षय कोष स्थापना

बेनीनगरपालिका, ५ पुख्यौली थलो भएका स्व.धनेश्वरी–तारानाथको स्मृतिमा परिवारले शिक्षा, साहित्य, संगित समेत क्षेत्र समावेशगरी १५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको जनाएको छ ।
काँग्रेस म्याग्दीका उपसभापति रहेका माधव प्रसाद रेग्मी,दाई मुकुन्द, नारायण, रामप्रसाद र स्व.मोहन रेग्मीका परिवारले सो कोष स्थापाना गरेका हुन ।
कोषबाट बेनी नपा, ५ पुलाचौरस्थित जनकल्याण माविबाट एसईई परिक्षामा सर्वोकृष्ट हुने छात्रा, दलित जनजाति, ब्रामण समुदायबाट एक–एक जना विद्यार्थीलाई जनही २० हजार रुपैयाँले पुरस्कृत गरिने कोषले जनाएको छ । त्यसैगरी म्याग्दी जिल्लालाई कार्य क्षेत्र बनाएका साहित्यकार, पत्रकार, गलेश्वर स्थित शालग्राम वेदविद्याश्रमबाट उत्कृष्ट हुने एक–एक जनालाई जनही १० हजारले सम्मान गरिने भएको छ ।