FLASH NEWS
  • Loading...

म्याग्दीका ४० पहिरो विस्थापितलाई मोनाले पुर्नवास गराउने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २०३ पटक पढिएको
म्याग्दीका ४० पहिरो विस्थापितलाई मोनाले पुर्नवास गराउने

वर्षायामा बाढीपहिरो घर बगाए/पुरेपछि घरविहीन भएका विस्थापित भएका परिवारमध्य ४० परिवारलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले पुर्नवास गराउने भएको छ ।
जिल्ला विपद ब्यवस्थापन समितिले गत बर्षायाममा आएको घरपूर्ण क्षतिग्रस्त भै पुर्नवासकालागी गराउन पुर्ननिर्माण गराउन गृह मन्त्रालयमा शिफारिस गरेका १ हजार ६८ घरमध्य मोनाले ४० घरपरिवारलाई पुर्नवास गराउन लागेको हो ।
मोनाले मालिका गाउँपालिका, ७ विममा १० घर, धवलागिरी गाउँपालिकामा १४ घर, निर्माण गरी हस्तान्त्रण गर्ने भएको हो । त्यसैगरी मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामाग ४–४ वटाका का दरले १६ घरपरिवारलाई पुर्नवास गराउन लागेको हो ।
पहिरो पिडित पुर्नवास कार्यक्रम अन्र्तगत पहिरो चरणमा मालिका गाउँपालिका, ७ विममा पहिरोबाट घरविहीन बनेका ३२ परिवारमध्य १० परिवारलाई मोनाले पुर्नवास गर्ने छ । बाँकी परिवारलाई विम–मालिका संघ, स्थानीय पुर्ननिर्माण समितिले भवन निर्माणगरी पुर्नवास गराउने योजना छ ।
पहिरोबाट घरविहिन विमका ३२ परिवार मध्य २२ परिवारको घर बनाउने आफ्नै जग्गा भएकोले घर बनाउन आफ्नो जग्गा नभएका परिवारलाई पुर्नवास गर्न बिम–मालिका समाज काठमाण्डौले २० लाख रुपैयाँ खर्चेर ५ रोपनी जग्गा खरिद गरेको छ । सोही जग्गामा मोनाले १० घर बनाई दिन लागेको हो ।
‘मोनाले पुर्नवास गराउने १० परिवार बाहेकका विस्थापितलाई विम मालिका संघले १ लाख, स्थानीय पुर्ननिर्माण समितिबाट १ लाख ५० हजार, गाउँपालिकाबाट १ लाख र बाँकी श्रमदान र अन्य श्रोत परिचालन गर्नेगरी काम थालेका छौं’ विमका वडाध्यक्ष रेशम जुग्जालीले भने, ‘आवास बनाउन जग्गा नहुनेकालागी जग्गा प्राप्तगरी पुर्नवास क्षेत्रमा पुग्ने पहुँच मार्ग निर्माण गरेका छौं । वैशाखसम्म सवैलाई पुर्नवास गराउने लक्ष्य रहेको छ ।’
आवास बनाउे आफ्नै जग्गाजमिन भएका २० परिवारको घर बनाउन मालिका गापा, ७ का वडाध्यक्ष रेशम जुग्जालीको अध्यक्षतामा गठित विम पुननिर्माण समितिले ब्यवस्था गर्ने भएको छ । समितिसँग अहिले विभिन्न संस्थाबाट प्राप्त सहयोग २९ लाखबढी जम्मा भएको छ । छुट्टै विम–मालिका संघले जम्मा गरेको ४० लाख रुपैयाँ छ । गाउँपालिकाले आवास निर्माण गर्न प्रति परिवार १ लाख दिने भएको छ । दाताहरुको सहयोग जोडेर विमका सवै घर विहीनलाई पुर्नवास गर्ने योजना छ ।
वडाध्यक्ष रेशम जुग्जालीका अनुसार २ बेड, १ किचन, १ लिभिङ रुम र शौचालयसहित घरको मोडेल अनुसार पुर्नवास गराउँदा एउटा भुकम्प प्रतिरोधी घर बनाउन ५ लाख खर्च हुने अनुमान छ । उक्त जग्गामा वस्ती वसाउन प्रवेश मार्ग र जग्गा सम्याउन वडा कार्यालयले खर्च गरेको छ ।
विमको पहिरो पीडितलाई पुर्नवास गराउन वीम पुख्यौली थलो भै हाल हङकङमा कर्मथलो बनाएका मोना हङकङका पूर्व अध्यक्ष दल शेरवुजा मगर गाउँ फर्केका भवन निर्माणमा जुटेका छन ।
‘आफ्नै जन्मगाउँका विपतमा परेका दाजुभाईलाई पुर्नवास गराउने अभियानमा श्रमदान गर्न पुख्यौली थलो फर्केको हुँ’ शेरबुजाले भने, ‘संस्थागत रुपमा म कुनै संस्थाबाट औपचारिक रुपमा प्रतिनिधत्व गरिरहेको छैन तथापी म कार्यस्थलमै भएकोले मोना आईसिसि, मोना हङकङ र विममालिका समाजसँग समवन्ययमा पुर्नवास कार्यक्रम अगाडी बढाएका छौं ।’
पहिरो पीडितलाई पुर्नवास गराउन खरिद गरिएको जग्गा विम–मालिका समाजकै नाममा रहेपनि भवन निर्माणपछि सम्बन्धी गाउँपालिका/वडा कार्यालय मार्फत पुर्नस्थापित भएका ब्यक्तिको नामका कित्ताकाट गरी हस्तान्त्रण गर्ने योजना छ । मोनाको पुर्नवास कार्यक्रम संञ्चालन गर्न बेनीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले संयोजन गरी रहेको छ ।
‘सरकारले निजी आवास पुर्नवासकालागी पुर्ननिर्माण गर्न कार्यविधी निर्माण चरणमै छ । मोना समेत ब्यक्ति एवं निजी क्षेत्रले पहिरो पीडितलाई पुर्नवास गराउन अग्रसर भएकोले जिल्ला विपद ब्यवस्थापन समितिले तोकेको भुकम्प प्रतिरोधी घरको मापदण्ड अनुसार दोहोरो नपर्नेगरी पुर्नवास गर्न स्वीकृति दिएका छौं’ प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने, ‘भुगर्भविद समेतको प्राविधिक रिपोर्ट अनुसार बाढीपहिरोबाट घर विहीन बन्न पुगेका एक हजारबढी परिवार पुर्नवास गराउन गृह मन्त्रालयमा शिफारिस गरेका छौं ।’
जिल्ला विपद ब्यवस्थापन समितिको अभिलेख अनुसार रघुगंगा गापामा १६, अन्नपूर्ण गापामा १५, मंगला गापामा २३, बेनी नगरपालिकामा ५७, धौलागिरी गापामा ५९ र मालिका गापामा ८९ घरसमेत जिल्लाका २ सय ४७ घर बाढीपहिरोले पुरै वगाएको/पुरेकाले विस्थापित छन । त्यसैगरी घर नभत्केका तर वस्ती/घर पहिरोको उच्च जोखिममा परेका ८ सय २१ घर लाई स्थानन्त्रणगरी सुरक्षित स्थामा पुर्नवास गराउनु पर्ने जिल्ल विपद ब्यवस्थापन समितिले जनाएको छ ।
बाढीपहिरोले वास बगाएपछि घरविहीन भएका परिवारमध्य केही परिवार गाउँमा बसाई गएपछि खाली रहेका छिमेकी/आफन्तको घरमा बसेका छन । अधिकांश अहिलेपनि जस्तापाताको अस्थाई छाप्रो राखेर पाखोमा बस्दै आएका छन ।
‘केही पहिरो पीडित हिउँदका कठ्याङ्ग्रीदो जाडोमा जस्तापाताको अस्थाई छाप्रोमा छन । हामी स्थानीय तहले एक्लै यी पीडितलाई निजी आवास निर्माणगरी पुर्नवास गराउन सक्ने अवस्था छैन । प्रदेश र संघिय सरकार अझै कार्यविधीमा अल्झेर बसेको छ’ धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन, ‘बाढी पिडितको पुर्नवासमा जो जो आउँछन सवैसँग सहकार्य गर्दै जान्छौं । पुर्नवास गराउनु पर्नेहरुको सुचि तयारपारी मोनालाई दिएका छौं । सहकार्यमै काम भैरहेको छ ।’
जिल्लाभरका पहिरो पीडित परिवारहरुलाई पुर्नवास कार्यक्रम संञ्चालन गर्न मोना अन्र्तराष्ट्रिय समितिले २ करोड बजेट जोहो गरेको जनाएको छ । म्याग्दीमा जन्म भै संसारका विभिन्न मुलुकमा कार्यथलो बनाएका जिल्लाबासीहरुको ति–ति देशहरुमा गठन भएका मोनाका राष्ट्रिय समिति मार्फत संकलित चन्दा रकमबाट पुर्नवास गराउन थालिएको हो । जिल्लामा आईपर्ने हरेक विपद, अप्ठ्यारो र सामाजिक अभियानहरुमा मोनाले आर्थिक, प्राविधिक सहयोग जुटाउँदै आएको छ ।
मोनाका सल्लाहकार शेरबुजाका अनुसार पुर्नवास गराउन निर्माण गरिने घरको डिजाईन टुङ्गो भै सकेपनि पहिलो नमुना घर निर्माण थालनी गरिएको छ । यही भवनको लागत र डिजाईनको आधारमा पुर्नवासकालागी विनियोजित बजेटले कति भवन बन्छ छुङ्गो लाग्ने भएको छ ।
त्यसैगरी पुर्नवास कार्यक्रमकालागी मोना हङकङले ५१ लाख रुपैयाँ पठाएको छ । ५१ लाख मध्य ३० लाख पुर्नवास गराउन र २१ लाख रुपैयाँ राहतमा खर्च गरिने मोना हङकङका अध्यक्ष कर्ण पुनले बताए । पुर्नवासकालागी हङकङ पुनमगर समाजले पनि ४ लाख पठाएको छ ।