FLASH NEWS
  • Loading...

प्रतिनिधिसभा विघटनको विरोधमा विरोध पत्र बुझाईयो

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १३७ पटक पढिएको
प्रतिनिधिसभा विघटनको विरोधमा विरोध पत्र बुझाईयो

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा विघटनको विरोधमा ७७ वटै जिल्लामा विरोधपत्र बुझाएको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा देशैभरि आन्दोलन गरिरहेको प्रचण्ड-नेपाल समूहले दोस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत म्याग्दीमा पनि सो समुहका गोविन्द पौडेल, वालकृष्ण सुवेदी, कृष्ण विक, टेकबहादुर विक समेतको टोलीले प्रमुख जिल्ला अधिकार उमाकान्त अधिकारी मार्फत विरोधपत्र बुझाको हो।

मन्त्रिपषद्को सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि पुनर्स्थापनाको माग राख्दै प्रचण्ड-नेपाल समूहले माघ २३ गतेसम्मका लागि सार्वजनिक गरे चरणबद्ध आन्दोलनको क्रममा आज विरोधपत्र बुझाएको हो ।