FLASH NEWS
  • Loading...

प्रचण्ड–नेपाल समुहको म्याग्दीमा प्रर्दशन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४१ पटक पढिएको
प्रचण्ड–नेपाल समुहको म्याग्दीमा प्रर्दशन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्री केपी ओली सरकारको शिफारिसमा प्रतिनिधी सभा विघटनको विरोधमा बेनीमा पनि प्रर्दशन गरेको छ ।
संसद विघटनको विरोधमा सदरमुकाम बेनीमा आयोजित विरोध सभामा नेकपा दहाल–प्रचण्ड समुहकी केन्द्रीय सदस्य आसा कोईराला, गण्डकी प्रदेश सदस्य हिरा केसी, विनोद केसी, वालकृष्ण सुवेदी र सुविन जुग्जाली मगरले सम्बोधन गरे ।कार्यक्रम जिल्ला सदस्य कृष्णकुमार विक र गोविन्द पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका वक्ताहरुले प्रधानमन्त्री ओलीले प्रतिनिधी सभा विघटन मार्फत संविधान च्यातेर गणतन्त्रको विघटन सुरु आतगरी प्रतिगमनको यात्रा तय गरेको आरोप लगाए । उनीहरुले ओलीले सुरु गरेको प्रतिक्रान्ति र प्रतिगमनको नेकपाले डटेर प्रतिरोध गर्ने उल्लेख गर्दै सर्वोच्च अदालतले जनताको भावना अनुसार प्रतिनिधी सभा पुन:स्थापना गर्ने विश्वास ब्यक्त गरे ।