FLASH NEWS
  • Loading...

धारापानीका खडग थापालाई आर्थिक सहयोग

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३१२ पटक पढिएको
धारापानीका खडग थापालाई आर्थिक सहयोग

फोक्सोमा समस्या भै भारतको नायर अस्पतालमा उपचाररत धौलागिरी गाउँपालिका, ७ धारापानीका खड्गबहादुर थापाको उपचारकालागी स्थानीयले १ लाख १६ हजार आर्थिक सहायता गरेका छन ।
स्थानीय तेजेन्द्र थापा र सन्तोष गौतमको संयोजनमा धारापानीबासीबाट संकलित एक लाख १६ हजार रुपैया आईतवार ओमकुमारी शान्ति कोष मार्फत विरामीकी श्रीमति यामु थापालाई हस्तान्त्रण गरिएको हो ।
ओमकुमारी शान्ति कोषले पनि थापाको उपचारकालागी छुट्टै उपचार सहयोग रकम संकलन गरिरहेको छ ।