FLASH NEWS
  • Loading...

निलगिरी हिमालफेदीमा भिषण डढेलो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३६० पटक पढिएको
निलगिरी हिमालफेदीमा भिषण डढेलो

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्र्तगत पर्ने निलगिरी साउथ हिमालको पूर्वी फेदीमा रहेको संरक्षित राष्ट्रिय वनमा भिषण डढेलो लागेको छ ।
अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ गाउँको शिरानमा निर्माणाधिन निलगिरी जलविधुत आयोजना क्षेत्रको माथिल्लो खण्डमा मंसिर २८ गते विहानदेखी शुक्रवारसम्म निरन्तर डढेलो लागीरहेको छ । वस्तीदेखी धेरै टाढा हिमालमुनीको संरक्षति राष्ट्रिय वनमा वन्यजन्तु सिकारीले डढेलो लगाएको अनुमान गरिएको छ । एक्यापको अन्नपूर्ण गाउँपालिका हेर्ने शिख कार्यालयमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
‘हिमाली चरन क्षेत्रमा रहने भेडागोठ यतिवेला बेंशीमा झरेका छन । निलगिरी फेदीमा कि निर्माणाधिन जलविधुत आयोजनाका कर्मचारी/कामदार छन कि सिकारी उक्लेका हुन’ स्थानिय डिलबहादुर पुर्जाले भने, ‘बाक्लो हिउँले सेताम्मे छोप्नु पर्ने हिमाली चरन क्षेत्रमा मंसिरमै दैनिक डढेलो लाग्न थालेको छ । मंसिरमा हिउँ र पानी नपर्दा सुख्खाबढेकोले डढेलो बढेको हो ।’


मानवीय वा प्राकृतिक कारणले आगो लाग्न गै वनजंगलका रुखविरुवा डढ्ने, चराचुरुङ्गी, वन्यजन्तुको वासस्थान जल्ने र नासिने प्रकृयालाई वन डढेलो भनिन्छ । हिमालमुनीका चरन क्षेत्रमा अघिल्ला वर्ष भन्दा यो वर्ष चाँडो डढेलो सुरु भएको छ ।
हिमाल मुनीका राष्ट्रिय वन तथा चरन क्षेत्रमा चोर शिकारीले चरन क्षेत्रका ठूला बुक्यानहरुमा आगो लगाउँदा वन्यजन्तु तथा चराचुरुङ्गीको वासस्थान समेत संकटमा परेका हुन वन डढेलो लाग्ने विभिन्न कारण मध्य मौषम प्रमुख कारण हो । लामो खडेरीले वायुमण्डलको आद्रता सुस्क हुँदा सानो आगोको झिल्कोले पनि डढेलो वा आगोलागी हुन्छ । जति सुख्खा भयो त्यति नै दोब्बर ढंगमा डढेलो फैलन्छ ।
वन कार्यालयको अभिलेख अनुसार जिल्लाको २ लाख २९ हजार ७ सय ६ हेक्टर क्षेत्रफल मध्य ३६.७६ प्रतिशत वन, १.८५ झाडी, २१.२७ प्रतिशत क्षेत्र चरन क्षेत्रले ओगटेको छ । ढोरपाटन सिकार आरक्षले १ हजार २ सय ६० हेक्टर, एक्यापले ३ हजार ७ सय ५३ हेक्टर वन क्षेत्र ओगटेको छ । वन कार्यालयले ब्यवस्थापन गर्ने ७९ हजार ४ सय ३९ हेक्टर वनमध्य २४ हजार २ सय २ हेक्टर वन ३ सय १० वटा सामुदायीक वन उपभोक्ता समुह मार्फत ब्यवस्थापन हुँदै आएको छ । करिव ५ हेक्टर कवुलियत, धार्मिक र निजी वन छ । बाँकी सवै राष्ट्रिय वन हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र