FLASH NEWS
  • Loading...

मल्लाजको समाजकल्याण आधारभुत विद्यालयमा विधुतिय हाँजिर

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८३ पटक पढिएको
मल्लाजको समाजकल्याण आधारभुत विद्यालयमा विधुतिय हाँजिर

पर्वतको जलजला गाउँपालिका, २ मल्लाजस्थित समाजकल्याण आधारभुत विद्यालयमा एक दाताको सहयोगमा विधुतिय हाँजिर मेशिन जडान गरिएको छ ।
जलजला गापा, ७ धाईरिङ्गका युवा नेता राजु आचार्यले विद्यालयलाई विधुतिय हाँजिर मेशिन हस्तान्त्रण गरेको प्रध्यानध्यापक डम्बर जिसीले बताए । ३० वर्ष शिक्षण सेवागरी सेवानिवृत्त भएका स्थानीय शिक्षक ओमबहादुर जिसीको विदाई एवं सम्मान कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा आचार्यलेउक्त सहयोग हस्तान्त्रण गरेका हुन ।,


त्यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका, २ भुरुङ घर भै हाल युकेमा कार्यरत धनकुमारी थापा तिलिजाले अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा (ट्रयाकसुट) सहयोग गरेकी थिईन । ५ कक्षासम्म संञ्चालित विद्यालयमा ९१ जना विद्यार्थी अध्ययनरत छन ।


कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष यामबहादुर (रामकृष्ण) मल्लले सेवानिवृत्त जिसीलाई दोसल्ला र अविर, मालाले सम्मान गरेका थिए । सहयोग हस्तान्त्रण, विदाई एवं सम्मान कार्यक्रममा जलजला गापाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा समेतले शुभकामना एवं विदाई मन्तब्यमा शिक्षक जिसीले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरेको स्थानीय सनिता कार्कीले बताई ।

तस्वीर सौजन्य : सनिता कार्की, मल्लाज