FLASH NEWS
  • Loading...

गर्भपतन गराएको कसुरमा प्रहरी इनिस्पेक्टर पक्राउ

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २२७ पटक पढिएको
गर्भपतन गराएको कसुरमा प्रहरी इनिस्पेक्टर पक्राउ

जर्वजस्ती गर्भपतन (गर्भ संरक्षण विरुद्धको कसुर) अभियोग लागेका पोखराको वैदाम (लेकसाईड)प्रहरी कार्यालयमा कार्यरत इनिस्पेक्टर ध्रुव शर्मा पक्राउ परेका छन ।
म्याग्दी जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेका बेनी बेनी नगरपालिका, ७ बेनीकी प्रेमिका गर्भवती बनेपछि वलपूर्वक पर्वत जिल्लाको कुस्मा स्थित मेरीस्टोभ क्लीनिकमा पुर्‍याई गर्भपतन गराएको भन्ने पीडितको जाहेरीमा अनुसन्धान गर्न पर्वत प्रहरीले इनिस्पेक्टर शर्मालाई प्रक्राउ गरेको हो ।
‘इनिस्पेक्टर शर्मा विरुद्ध गर्भ संरक्षण विरुद्धको कसुर सम्बन्धी जाहेरी म्याग्दीमा परेको हो । गर्भपतन गराएको स्थान पर्वत कुश्मा भएकोले जाहेरी स्थानन्त्रण भै पर्वत आएकोले हामीले पक्राउ गरी अनुसन्धान थालेका हौं’ पर्वत प्रहरी प्रमुख डिएसपी विश्वराज अधिकारीले भने, ‘अदालतबाट १० दिनको म्याद थपगरी अनुसन्धान गरिरहेका छौं । शर्मासँग अहिले बयान लिने काम भैरहेको छ ।’
इनिस्पेक्टर शर्माकी श्रीमति बेनी नगरपालिका, ७ की स्मृति शर्माको तर्फबाट आफन्त बेनी नगरपालिका, १ रत्नेचौरका एकेन्द्र महतले दुई साता अघि पदीय जिम्मेवारीको दुरुपयोग गरी डरत्रास देखाई जर्वजस्ती गर्भ पतन गराएकोले ‘गर्भ संरक्षण विरुद्धको कसुर’ गरेको र विवाहपछि पोखरामा छुट्टै अर्की युवतीसँग टिकाटालो गरेकोले ‘वहुविवाह’ भएको भन्दै जिल्ला प्रहरी कार्यालय म्याग्दीमा जाहेरी दरखास्त दर्ता गरेका थिए ।
गर्भ संरक्षण विरुद्धको कसुर सम्बन्धी जाहेरी दरखास्तमा गर्भपतन गराएको स्थान पर्वतको कुस्मा नगरपालिकाको कुश्मा भएकोले म्याग्दी प्रहरीले मुद्धा स्थानन्त्रण गरी पर्वत पठाएको हो । सोही मुद्धामा अनुसन्धान गर्न प्रहरीले इनिस्पेक्टर शर्मालाई पक्राउ गरी हिरासतमा राखेको हो । इनिस्पेक्टर शर्मा विरुद्ध परेको वहुविवाह सम्बन्धी जाहेरी दरखास्तमा म्याग्दी प्रहरीले पनि छुट्टै अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
‘गर्भ संरक्षण विरुद्धको कसुर र वहुविवाह सम्बन्धी दुई वटा मुद्धामा जाहेरी दर्ता भएको थियो । गर्भ संरक्षण विरुद्धको कसुर सम्बन्धी जाहेरीको घट्नास्थल पर्वत भएकोले मुद्धा पर्वतमा स्थानन्त्रण गरिएको हो । बहुविवाह सम्बन्धी छुट्टै जाहेरीमा भने म्याग्दीमा हामीले पनि अनुसन्धान गरिरहेका छौं’ जिल्ला प्रहरी प्रमुख डिएसपी कुँवरले थपे, ‘इनिस्पेक्टर शर्मालाई अनुसन्धानकालागी पर्वत प्रहरीले हिरासतमा लिएको छ ।’
इनिस्पेक्टर शर्मा जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहँदा स्मृति शर्माको प्रेमसम्बन्धलाई गत बैशाखमा बेनी कै मन्दीरमा विवाहमा परिणत गरेका थिए । प्रेम सम्बन्धमा रहेकै अवस्थामा स्मृति गर्भवती बनेपछि ०७६ चैतमा इनिस्पेक्टर शर्माले पर्वतका कुस्मा पुर्‍याई गर्भपतन गराएका थिए । पीडित स्मृतिका अनुसार इनिस्पेक्टर शर्माले ‘पिस्तोल’ देखाई गर्भपतन नगरे मार्ने र आफु पनि मर्ने भन्दै डरत्रास देखाई पर्वतको कुस्मा स्थित मेरीस्टोभमा लगी गर्भपतन गराएका थिए ।
‘दवावमा’ गर्भपतन गराएपछि प्रेम सम्बन्धमा खटपट सुरुभएपछि पीडितले महिला अधिकारकर्मीहरु, जिल्ला प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवर, तत्कालिन प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालसँग सहयोग मागेपछि दवावमा ध्रुव र स्मृतिको विवाह भएको थियो ।
महिला मानवअधिकार रक्षक संञ्जाल म्याग्दीकी अध्यक्ष रेशा कौशल रेग्मीले ‘ध्रव र स्मृती’ विच सम्बन्ध कायम गराउने प्रयास अन्तत फेल भएको बताईन । विवाहपछि बेनीको विरेन्द्रचोक स्थित स्मृतिको दिदीको घरमा डेरागरी वसेका शर्मा दम्पत्तिविच मनमुटाव बढ्दै गएको थियो । विवाहपछि इनिस्पेक्टर शर्माले विवाह दर्तागरी आफ्नो नामबाट नागरिकता समेत दिलाएका छन ।
‘गर्भपतन उ (स्मृती) आफैले स्वच्छामा गत चैतमा गरेकी हो । कुनै जालझेल नगरी विवाहपछि मैले विवाह दर्ता गरेको छु, नागरिकता दिएको छु’ आरोपित ध्रव शर्माले केही दिन अघि टेलिफोनमा भने, ‘विवाहपछि पारिवारिक विषयमा खटपट सुरु भयो । सँगै जीवन विताउन सक्ने अवस्था नदेखेपछि मैले जिल्ला अदालत बाग्लुङमा परिवार र उ (स्मृति)सँग समेत अंशवण्डा दावी गरी मुद्धा दायर गरें । परिवारबाट एक्लै वस्न चाहें तर सम्बन्ध विच्छेद गर्न चहिन । यही विषयमा उ आवेगमा आई गर्भपतन र बहुविवाहको मुद्धा दर्ता गरेकी हुन ।’ शर्माले थपे, ‘म पनी पीडित हो । म जिम्मेवारीमा रहेकोले सामाजिक संञ्जालमा पीडा पोख्न मिलेन । सामाजिक संञ्चालले मलाई लाक्षना लगाएपनि अदालतले फैसला गर्ने छ ।’
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को धारा १८८ मा गर्भपतन गर्न नहुने र कसैले महिलालाई करकाप गरी वा धम्की दिई वा ललाई पकाई वा प्रलोभनमा पारी गर्भपतन गराउने कसर गरेमा १२ हप्ता सम्मको गर्भ भए १ बर्ष कैद र १० हजार जरिवाना, १२ हप्ताभन्दाबढी २५ हप्तासम्मको भए ३ वर्ष कैद र ३० हजार जरिवाना तथा २५ हप्ताबढीको गर्भभए ५ बर्ष कैद र ५० हजार जरिवाना हुने ब्यवस्था छ ।
‘प्रहरी संगठन र पदको चरम दुरुपयोग गरी इनिस्पेक्टर धु्रव शर्माले यौन शोषणपछि विवाहको नाटक गरी शारिरिक तथा मानसिक याताना दिएकोले बैनी अहिले विक्षिप्त अवस्थामा छिन । परिवारका सदस्य एवं आफन्त, प्रहरी भित्रका केही मान्छे, वकिलहरुको समेत मिलेमतोमा वैनीको गर्भपतन गर्न बाध्यपारी अहिले भागेको र पोखरामा अर्को विवाह गर्न लागेको जानकारी पाएपछि आफन्तको सहयोगमा प्रहरीमा उजुरी दिएका हौं’ स्मृतिकी दिदी स्तुतु सुवेदीले भनिन, ‘हामीले जाहेरीसँग वलपूर्वक गर्भपतन गराएको, मानसिक, शारिरिक याताना दिएका प्रमाणहरु पनि पेश गरेका छौं । वरु अनुसन्धान गर्ने निकायबाटै पो प्रमाण नष्ट होलाकी भन्ने त्रास छ, स्वतन्त्र छानविन नहोला भन्ने डर छ तर न्याय मरेको छैन भन्ने आशा भने छ ।’