FLASH NEWS
  • Loading...

नन्दहरी सृजनशील पत्रकारिता पुरस्कार राजभण्डारीलाई र हरी–लक्ष्मी नारायणप्रसाद पुरस्कार तारानाथ आचार्यलाई

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १६२ पटक पढिएको
नन्दहरी सृजनशील पत्रकारिता पुरस्कार राजभण्डारीलाई र हरी–लक्ष्मी नारायणप्रसाद पुरस्कार तारानाथ आचार्यलाई

यस बर्षको नन्दहरी सृजनशील पत्रकारिता पुरस्कार बागलुङका पत्रकार मुकेशचन्द्र राजभण्डारीलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासघं बागलुङ शाखाद्वारा संचालित दशौं पटकको पुरस्कार पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष समेत रहेका पत्रकार राजभण्डारीलाई प्रदान गरिएको हो ।

मंगलबार पत्रकार महासंघ बागलुङको १२ औं साधारणसभा तथा नवनिर्मित भवनको उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ र पुरस्कारका संस्थापक संरक्षक हरिनारायण गौतमले संयुक्तरुपमा पुरस्कार प्रदान गरे । पुरस्कारको राशी १५ हजार १ सय ५५ सहित सम्मान पत्र र दोसल्ला रहेको छ ।

नेपाल पत्रकार महासंघ बागलुङका पुर्ब अध्यक्ष तथा ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले आफ्ना स्वर्गिय माता पिता नन्दकली गौतम र हरिलाल गौतमको स्मृतिमा नन्दहरी सृजनशील पत्रकारिता पुरस्कारको स्थापना गरेका थिए । २०६६ सालमा २ लाख रुपयाँको अक्षयको कोषको स्थापना गरिएको र सोही कोषबाट साविकको धौलागिरी अञ्चलमा रहेर काम गर्ने जेष्ठ, क्रियाशील र निरन्तर पत्रकारिता गर्ने पत्रकारलाई बर्षेनी पुरस्कृत गरिदै आएको छ ।

पुरस्कार वितरण पछि बोल्दै गुरुङले नागरिकलाई सञ्चारको माध्यमबाट सूचित हुन लोकतान्त्रीक पद्धतीले सहयोग गरेको बताए । लोकतन्त्र र संघीयता जनताको नजिक रहने प्राणाली भएको भन्दै गुरुङले यसको रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए ।
यसअघि पहिलो पुरस्कार बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारी, दोस्रो म्याग्दीका घनश्याम खड्का, तेस्रो पर्वतका दुर्गा प्रसाद शर्मा, चौथो पर्वतकै ओमप्रसाद घायल, पाँचौ बागलुङका ज्ञानेन्द्र गौतम र छैठौ पुरस्कार बागलुङकै पत्रकार कोपिला कंडेलले पाएका थिए । सातौं म्याग्दीका ध्रुवसागर शर्मा, आठौं बागलुङका किरण आचार्य र नवौं बागलुङकै रामकृष्ण बोहरालाई प्रदान गरिसकिएको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघले यसबर्षको हरी–लक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारीता पुरस्कारबाट (समाचार लेखन तर्फ) ढोरपाटन दैनिकका सह–सम्पादक तारानाथ आचार्यलाई पुरस्कृत गरेको छ । स्तम्भ लेखन तर्फ रेडियो परिवर्तनका स्टेशन प्रमुख रामनारायण सुवेदीले पुरस्कार पाएका छन् । नेपाल पत्रकार महासंघ बागलुङ शाखाद्वारा सञ्चालित पुरस्कार मंगलवार बागलुङ शाखाको १२ औं साधारण सभाको अवसरमा प्रदान गरिएको हो । नगद १५ हजार रुपैयाँ, प्रसंसापत्र र दोसल्ला ओडाएर पुरस्कार वितरण गरे । बागलुङ नगरपालिका–२ का तीर्थप्रसाद श्रेष्ठ र उनको परिवारले बाबु आमाको स्मृतिमा २०७३ सालमा स्थापना गरेको हरी–लक्ष्मी नारायणप्रसाद स्मृति कोषबाट पुरस्कार वितरण गर्दै आएको छ ।