FLASH NEWS
  • Loading...

टेलिकमले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क ‘पाठशाला सीयूजी सिम’ सिम बाँड्दै

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ९९ पटक पढिएको
टेलिकमले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क ‘पाठशाला सीयूजी सिम’ सिम बाँड्दै

नेपाल टेलिकमले देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सीयूजी सिम’ योजनाअन्तर्गत निःशुल्क सिमकार्ड वितरण गरिरहेको छ।

कोरोना महामारीको समयमा पनि अनलाइन माध्यमबाट विद्यालयको पठनपाठन जारी राख्नका लागि कम्पनीले निःशुल्क सिम उपलब्ध गराइरहेको हो। सो सिममार्फत ग्रुपमा आबद्ध सबै विद्यार्थी वा शिक्षकले आपसमा जति पनि (असीमित) कुराकानी गर्न शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट जततउकररभिबचलष्लन।अभजचम।भमग।लउ चलाउन ५ जीबी डाटा र एकैपटक धेरै सन्देश अर्थात बल्क एसएमएससमेत पठाउन सक्नेछन्।

यी सुविधा प्रयोग गरेबापत मासिक रुपले लाग्ने जम्मा रु. ९९ ‘विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम स्थानीय निकायमार्फत सरकारले व्यहोर्नेछ। यस योजनाबमोजिम कक्षा १ देखि १२ सम्मका सरकारी वा सामुदायिक विद्यालयका हरेक विद्यार्थी र शिक्षकले १ थान निःशुल्क पाठशाला सीयूजी सिमकार्ड लिन सक्नेछन्।

प्रशस्त सहुलियत प्रदान गरिएको आकर्षक यस योजनामा आबद्ध हुन नेपाल टेलिकमको जीएसएम वा सीडीएमए प्रिपेड मोबाइल नम्बर आवश्यक पर्दछ। विद्यार्थी र शिक्षकले चाहेमा पहिलेदेखि नै उनीहरुले प्रयोग गरिरहेका प्रिपेड सिमकार्डलाई पनि पाठशाला सीयूजीमा आबद्ध गर्न पनि सकिनेछ। नेपाल टेलिकमको प्रिपेड सिमकार्ड नहुने विद्यार्थी वा शिक्षकहरुले निःशुल्क रुपमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्ड लिन सक्नेछन्।

विद्यार्थीका लागि सिमकार्ड लिँदा विद्यार्थीको नाममा वा अभिभावकको नाममा लिन सकिनेछ। निःशुल्क सिम प्राप्त गर्नका लागि शिक्षक तथा विद्यार्थीले कम्पनीले निर्धारण गरेको प्रिपेड मोबाइलको आवेदन फाराम रीतपूर्वक भरी सम्बन्धित सार्वजनिक विद्यालयमा बुझाउनुपर्नेछ। यसरी आवेदन फारामका साथमा विद्यार्थीको परिचयपत्रको प्रतिलिपि, विद्यार्थीको नागरिकताको प्रतिलिपि वा नागरिकता नबनेको भएमा अभिभावकको नागरिकताको प्रतिलिपि संलग्न गर्नुका साथै आवेदन फारामको निर्धारित स्थानमा एक प्रति फोटो टाँसिएको हुनुपर्नेछ। विद्यार्थीले सिमकार्ड उनीहरुकै वा अभिभावकको नाममा पनि लिन सक्नेछन्।

विद्यालयले पाठशाला सीयूजीमा आबद्ध हुने सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकहरुको सीयूजीमा आबद्ध गर्नुपर्ने मोबाइल नम्बर र नामसहितको विवरण तोकिएको ढाँचामा तयार गरेर सो विवरणसहित स्थानीय तहको सिफारिस साथ नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गरी सोबापत लाग्ने शुल्क भुक्तानी गर्नुपर्दछ। त्यसपश्चात सो ग्रुपमा आबद्ध सबै मोबाइल नम्बरहरुमा एसएमएसमार्फत जानकारी उपलब्ध हुन्छ।

प्रत्येक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई कम्पनीको क्योज युजर ग्रुप (सीयूजी) मा आबद्ध गरी मासिक जम्मा रु. ९९ मा क्लोज्ड ग्रुपभित्र असीमित कुराकानी गर्न सकिने भ्वाइस सेवा, शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइट (whttps//learning.cehrd.edu.np) चलाउन ५ जिबी डाटा सेवा र बल्क एसएमएस सुविधासमेत उपलब्ध गराइनेछ। शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइट (https//learning.cehrd.edu.np) मा कक्षा १ देखि १० सम्मको पाठ्यक्रम र पाठ्यसामग्री उपलब्ध हुन्छ।

पाठशाला सीयूजी अफरको अवधि समाप्तिपश्चात पनि यो अफरमा आबद्ध मोबाइल नम्बरहरु प्रयोगकर्ता शिक्षक, विद्यार्थी र अभिभावकले अन्य प्रयोगकर्ताको मोबाइल नम्बर सरह नै निरन्तर प्रयोग गर्न सकिन्छ। नेपाल टेलिकमका देशभरिका सेवा केन्द्रहरुबाट सार्वजनिक विद्यालयले मागअनुसार निःशुल्क पाठशाला सीयूजी सिम लिन सक्नेछन्। यस सेवाबाट फाइदा लिनुहुन सम्पूर्ण सार्वजनिक विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकलाई अनुरोध गरिन्छ।

यससम्बन्धी थप जानकारीका लागि नजिकको नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गर्न वा कम्पनीको वेबसाइट www.ntc.net.np मा रहेको पाठशाला सीयूजी अफरसम्बन्धी सूचनाको लिंक https://www.ntc.net.np/post/paathshala-cug-sim-distribution मा हेर्न सकिन्छ।