FLASH NEWS
  • Loading...

नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १०४ पटक पढिएको
नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ । आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कडा सुरक्षा व्यवस्थासहित बैठक सुरु भएको हो ।

शनिबारको सचिवालय बैठकले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको असहमतिबीच निर्धारित आइतबारको स्थायी कमिटी बैठक राख्ने निर्णय गरेको थियो । बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका छैनन् ।

बैठकमा दुवै अध्यक्षका प्रस्ताव पेश गर्ने कार्यसूची छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ मा र प्रधानमन्त्री ओलीले मंसिर १३ को सचिवालय बैठकमा एकअर्कामाथि संगीन आरोपसहितको प्रस्ताव पेश गरेका थिए । ओलीले दाहालको लाञ्छना पत्र बैठकमा छलफल हुन नसक्ने भन्दै फिर्ताको अडान राख्दै आएका थिए । दुवै प्रस्ताव स्थायी कमिटी सदस्यहरुलाई वितरण गरिएपछि अध्ययनका लागि भन्दै केहीदिन बैठक स्थगित हुने भएको छ ।

सचिवालय बैठकले पार्टीको संकट निवारणका निम्ति अहिलेसम्म प्रस्तुत भएका प्रस्तावहरु स्थायी कमिटीमा पेस गरेर छलफल गर्ने निर्णय थियो । यसर्थ स्थायी कमिटी बैठकलाई चासोपूर्वक हेरिएको छ ।