FLASH NEWS
  • Loading...

भाइरल भएको र्‍यालीको फोटो बुटवलमा खिचिएको चार वर्ष पुरानो

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ८१ पटक पढिएको
भाइरल भएको र्‍यालीको फोटो बुटवलमा खिचिएको चार वर्ष पुरानो

झापामा राजतन्त्रको पक्षमा विशाल प्रदर्शन भएको भन्दै अहिले एउटा फोटो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। विभिन्न राजतन्त्र समर्थक फेसबुक पेजहरु मात्र होइन, विभिन्न व्यक्तिका फेसबुक प्रोफाइलहरुमा पनि यो फोटो निकै सेयर भएको देखिन्छ।

बुटवलका पत्रकार कृष्ण खनालका अनुसार भाइरल भएको फोटो बुटवल-६, ट्राफिक चोकको हो। उनले पनि यो फोटो प्रदेश नामाकरण र लुम्बिनी प्रदेश टुकाउन नहुने माग राखी गरिएको सभामा सहभागीहरुको फोटो भएको बताए। खनालका अनुसार फोटोमा बुटवलकाे तत्कालीन गणपति मिष्ठान्न भण्डार र एनसेलकाे क्षेत्रीय कार्यालय स्पष्ट देखिन्छ।

मंसिर २० गते सम्पूर्ण राष्ट्रवादी समाज, झापाको आह्वानमा मोटरसाइकल र्‍यालीको आयोजना गरिएको थियो। यसबारे समाचार र फोटो/भिडियो विभिन्न मिडियामा आएका पनि छन्। तर सामाजिक सञ्जालमा भाइरल भएको फोटो झापाको नभई बुटवलको हो।