FLASH NEWS
  • Loading...

बेनी नगरपालिका, प्रशासन र प्रहरीगरी ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ९० पटक पढिएको
बेनी नगरपालिका, प्रशासन र प्रहरीगरी ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी

कन्ट्याक ट्रेसिङ र शंकास्पद विरामीबाट संकलन गरिएको स्वाबको पिसिआर परिक्षणको गर्दा बेनी नगरपालिका, जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयकागरी ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।  यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १ सय ५४ जना पुगेका छन । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या १८ जना रहेका छन ।
मंसिर १६ गते कन्ट्याक ट्रेसिङ र शंकास्पद विरामीबाट संकलन गरिएको १४ स्वावको पिसिआर परिक्षण गर्दा ९ जनामा कोरोना पुष्टी भएको हो । कोरोना पुष्टी भएकामध्य बेनी नगरपालिकाका लेखा, शिक्षा र प्रशासन शाखाका गरी ५ जना  कर्मचारी रहेका छन । त्यस्तै, जिल्ला प्रहरी प्रमुख डिएसपी, असई र जवानगरी तीन जना तथा जिल्ला प्रशासनका एक कार्यालय सहयोगी हुन ।

स्वास्थ्य कार्यालय प्रमुख एक नारायण लम्सालले सार्वजनिक गरेको विज्ञप्ती अनुसार गुल्मी, तनहुँ, र रुपन्देही स्थाई घर भएका ३४, ३२ र ३४ बर्षका पुरुष, बाग्लुङ ठेगाना भएका ४४ बर्षिय पुरुष, बेनी नगरपालिका, ७ का ४०, १० ३२ र ४८ का पुरुष र बेनी नपा, १ का पुरुष छन । यस अघि जिल्ला प्रशासन र प्रहरी कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना पुष्टी भएको थियो ।

त्यसैविच कोरोना महामारीवाट वच्न मास्स लगाउने, सामाजिक दुरी कायम गर्ने समेतका स्वास्थ्य मापदण्ड पालना नगर्नेमा बेनी नगरपालिका जिम्मेवारी जनप्रतिनिधी र कर्मचारीहरु अग्रस्थानमा देखिएका छन । बेनी नगरपालिकाका पदाधिकारीहरुले विभिन्न स्थानमा पुगेर स्वास्थ्य मापदण्ड पालना नगरेको तस्वीरसँगै स्वास्थय मापदण्ड ठूलावडाले होईन, सानाले मात्र पालना गर्नु पर्छ भन्ने आडम्बर पनि फेसवुकमा पोष्ट गरेको सर्वसाधारणले टिप्पणी गरेका छन ।
‘नगरपालिकाका पदालिकारीले सामाजिक संञ्चालमा पोष्ट गरेका तस्वीरका ब्यक्तिहरु हेर्दा उनीहरु एकापरिवारका एउटै चुल्हो प्रयोग गर्ने सदस्यहरु होईनन, विभिन्न परिवार र भुगोलमा बस्ने, विभिन्न सर्कलका मान्छेसँग सम्पर्क भएका ब्यत्तिहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्नु पर्ने हो तर पालना गरिएको छैन ’ बेनीका एक नामउल्लेख गर्न नचाहने सर्वसाधारणले भने, ‘आज एकै दिन बेनीनगरपालिकाका ५ जनामा कर्मचारीमा कोरोना पुष्टी भयो, बेनी नगरपालिका कोरोना जनताको घरमा पुर्‍याउने माध्यमबन्ने जोखिम बढेको छ ।’