FLASH NEWS
  • Loading...

रक्षक नै भक्षक भएपछि : प्रहरी इनिस्पेक्टर विरुद्ध जर्वजस्ती ‘गर्भपतन’ कसुरमा जाहेरी

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ७६ पटक पढिएको
रक्षक नै भक्षक भएपछि : प्रहरी इनिस्पेक्टर विरुद्ध जर्वजस्ती ‘गर्भपतन’ कसुरमा जाहेरी

जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट पोखराको वैदाम (लेकसाईड)प्रहरी कार्यालयमा सरुवा भै गएका इनिस्पेक्टर ध्रुव शर्मा विरुद्ध जर्वजस्ती गर्भ पतन गराएको र बहुविवाह गरेको जाहेरी दरखास्त दर्ता भएको छ ।
इनिस्पेक्टर शर्माकी श्रीमति बेनी नगरपालिका, ७ की स्मृति शर्माको तर्फबाट आफन्त बेनी नगरपालिका, १ रत्नेचौरका एकेन्द्र महतले पद र हतियारको दुरुपयोग गरी डरत्रास देखाई जर्वजस्ती गर्भ पतन गराएकोले ‘गर्भ संरक्षण विरुद्धको कसुर’ गरेको र पोखरामा छुट्टै विवाह गर्न अर्की युवतीसँग टिकाटालो गरेकोले ‘वहुविवाह’ भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दर्ता गरेका हुन । पीडित परिवारले इनिस्पेक्टर शर्मा सम्पर्क विहीन भएपछि प्रहरीमा उजुरी गर्दा लिन नमानेको, जालझेल गर्न खोजेको आरोप लगाएका छन ।

‘इनिस्पेक्टर सापको श्रीमतिको तर्फबाट आफन्तले गर्भ संरक्षण विरुद्धको कसुर र वहुविवाह सम्बन्धी दुई वटा मुद्धामा जाहेरी दर्ता गर्नु भएको छ । जाहेरी दरखास्तको प्रारम्भीक अनुसन्धान थालेका छौं’ जिल्ला प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले भने, ‘इनिस्पेक्टर सापको सरुवा नियमित हो, यो घट्नाबाट जोगाउन सरुवा गराएको भन्ने होईन ।’ डिएसपी कुँवरले थपे, ‘पीडितको जाहेरी लिन प्रहरीले आनकानी गरेको, जालझेल गरेको भन्ने आरोप सत्य होईन, सरकारी वकिल वा हुलाकबाट समेत जाहेरी दर्ता गर्न मिल्ने भएकोले हामी आफ्नै क्यारिएरमा दाग लाग्नेगरी मुद्धा लुकाउन सक्ने अवस्थै हुँदैन ।’
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को धारा १८८ मा गर्भपतन गर्न नहुने र कसैले महिलालाई करकाप गरी वा धम्की दिई वा ललाई पकाई वा प्रलोभनमा पारी गर्भपतन गराउने कसर गरेमा १२ हप्ता सम्मको गर्भ भए १ बर्ष कैद र १० हजार जरिवाना, १२ हप्ताभन्दाबढी २५ हप्तासम्मको भए ३ वर्ष कैद र ३० हजार जरिवाना तथा २५ हप्ताबढीको गर्भभए ५ बर्ष कैद र ५० हजार जरिवाना हुने ब्यवस्था छ ।


‘प्रहरी संगठन र पदको चरम दुरुपयोग गरी इनिस्पेक्टर धु्रव शर्माले यौन शोषणपछि विवाहको नाटक गरी शारिरिक तथा मानसिक याताना दिएकोले बैनी अहिले विक्षिप्त अवस्थामा छिन । परिवारका सदस्य एवं आफन्त, प्रहरी भित्रका केही मान्छे, वकिलहरुको समेत मिलेमतोमा वैनीको गर्भपतन गर्न बाध्यपारी अहिले भागेको र पोखरामा अर्को विवाह गर्न लागेको जानकारी पाएपछि आफन्तको सहयोगमा प्रहरीमा उजुरी दिएका हौं’ स्मृतिकी दिदी स्तुतु सुवेदीले भनिन, ‘हामीले जाहेरीसँग वलपूर्वक गर्भपतन गराएको, मानसिक, शारिरिक याताना दिएका प्रमाणहरु पनि पेश गरेका छौं । वरु अनुसन्धान गर्ने निकायबाटै पो प्रमाण नष्ट होलाकी भन्ने त्रास छ, स्वतन्त्र छानविन नहोला भन्ने डर छ तर न्याय मरेको छैन भन्ने आशा भने छ ।’
शर्मा हालै मात्र म्याग्दीबाट पोखरा उपमहानगरपालिकाको लेकसाईड हेर्ने वैदाम प्रहरी चौकीमा सरुवा भै गएका थिए । शर्मा सरुवा भै गएपछि श्रीमति स्मृतिले ‘सर्वसाधारण वेपत्ता हुँदा प्रहरीकोमा उजुरी गर्ने, प्रहरी अधिकृत नै हराएपछि (वेपत्ता) कहाँ उजुरी गर्ने ?’ भन्दै सामाजिक संञ्जाल फेसवुकमा स्टाटस लेखेपछि मात्र आफन्तले इनिस्पेक्टर दम्पत्तिको सम्बन्धमा खटपट भएको आफन्तले पत्तो पाएका बताएका छन ।
इनिस्पेक्टर शर्मा जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहँदा स्मृति शर्माको प्रेमसम्बन्धलाई गत बैशाखमा बेनी कै मन्दीरमा विवाहमा परिणत गरेका थिए । प्रेमसम्बन्धमा रहेकै अवस्थामा स्मृति गर्भवती बनेपछि ०७६ चैतमा गर्भपतन गराईएको थियो । पीडित स्मृतिका अनुसार इनिस्पेक्टर शर्माले ‘पिस्तोल’ देखाई गर्भपतन नगरे मार्ने र आफु पनि मर्ने भन्दै डरत्रास देखाई पर्वतको कुस्मा स्थित मेरीस्टोभमा लगी गर्भपतन गराएका थिए ।
‘दवावमा’ गर्भपतन गरेपछि प्रेम सम्बन्धमा अविश्वास र खटपट सुरु हुँदा महिला अधिकारकर्मीहरु र डिएसपी समेतको दवावमा ध्रुव र स्मृतिको विवाह भएको थियो । महिला मानवअधिकार रक्षक संञ्जाल म्याग्दीकी अध्यक्ष रेशा कौशल रेग्मीले ‘ध्रव र स्मृती’ विच सम्बन्ध कायम गराउने प्रयास अन्तत फेल भएको बताईन । विवाहपछि बेनीको विरेन्द्रचोक स्थित स्मृतिको दिदीको घरमा डेरागरी वसेका शर्मा दम्पत्तिविच मनमुटाव बढ्दै गएको थियो । विवाहपछि इनिस्पेक्टर शर्माले विवाह दर्तागरी आफ्नो नामबाट नागरिकता समेत दिलाएका छन ।
‘गर्भपतन उ (स्मृती) आफैले स्वच्छामा गत चैतमा गरेकी हो । कुनै जालझेल नगरी विवाहपछि मैले विवाह दर्ता गरेको छु, नागरिकता दिएको छु’ आरोपित ध्रव शर्माले भने, ‘विवाहपछि पारिवारिक विषयमा खटपट सुरु भयो । सँगै जीवन विताउन सक्ने अवस्था नदेखेपछि मैले जिल्ला अदालत बाग्लुङमा परिवार र उ (स्मृति)सँग समेत अंशवण्डा दावी गरी मुद्धा दायर गरें । परिवारबाट एक्लै वस्न चाहें तर सम्बन्ध विच्छेद गर्न चहिन । यही विषयमा उ आवेगमा आई गर्भपतन र बहुविवाहको मुद्धा दर्ता गरेकी हुन ।’ शर्माले थपे, ‘म पनी पीडित हो । म जिम्मेवारीमा रहेकोले सामाजिक संञ्जालमा पीडा पोख्न मिलेन । सामाजिक संञ्चालले मलाई लाक्षना लगाएपनि अदालतले फैसला गर्ने छ ।’