FLASH NEWS
  • Loading...

म्याग्दी देविस्थाकी सुत्केरीको मृत्यु

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ७८ पटक पढिएको
म्याग्दी देविस्थाकी सुत्केरीको मृत्यु

स्वासप्रश्वासमा समस्या भएपछि उपचारकालागी गण्डकी अस्पताल पुर्‍याईएकी मालिका गाउँपालिका, ५ देविस्थानकी एक सुत्केरीको मृत्यु भएको छ ।
बेनी अस्पतालका अनुसार अक्सिजनको मात्र ह्वात्रै घटेपछि अक्सिजन दिएर थप उपचारकालागी पोखरा रिफर गरिएकी मालिका, ५ की २२ बर्षिया मुना पुन बुढाथोकीको सोमबार दिउँसो गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो ।
गत कात्तिक ६ गते पोखराको गण्डकी अस्पतालमा शल्यक्रियागरी सुत्केरी गराईएकी वुढाथोकी १५ दिनपछि रिफर भै घर आएकी आएकी थिईन । आईतवार स्वासप्रश्वासमा समस्या भएपछि राती प्राथमिक स्वास्थ्य केन्द्र दरवाङ ल्याईएकी वुढाथोकीलाई सोमबार विहान १० बजे बेनी अस्पताल ल्याईएको थियो ।