FLASH NEWS
  • Loading...

म्याग्दीमा सोमबार १२ जनामा कोरोना संक्रमित थपिए

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ७१ पटक पढिएको
म्याग्दीमा सोमबार १२ जनामा कोरोना संक्रमित थपिए

कन्ट्याक ट्रेसिङ र शंकास्पद विरामीको स्वावको पिसिआर परिक्षणको गर्दा १२ जनामा कोरोना पुष्टी भएको हो ।
पिसिआर रिपोर्ट अनुसार तनहुँ ठेगाना भै अन्नपूर्ण गाउँपालिका, २ बस्ने ४१ बर्षिय पुरुष, अन्नपूर्ण गापा, ३ का ५४ र ४५ बर्षका पुरुष र महिला, मुस्ताङ ठेगाना भै अन्नपूर्ण गापा, २ तातोपानी बस्ने ३६ बर्षकी महिला, अन्नपूर्ण गापा, २ का ५० बर्षिय, अन्नपुर्ण गापा, ३ का २७ बर्षि र अन्नपूर्ण गापा, ८ का ३७ बर्षिय पुरुषमा कोरोना पुष्टी भएको छ । विवरण अनुसार अन्नपूर्ण गाउँपालिकामा ९ जना, रघुगंगामा १ जना र बेनी नगरपालिकामा २ जनामा संक्रमण देखिएको हो ।
त्यसैगरी मोरङ ठेगाना भै अन्नपूर्ण गापा, ४ स्थित निलगिरी हाईड्रोमा कार्यरत पुरुष, बैतडी ठेगाना भै रघुगंगा गापा बस्ने २६ बर्षको पुरुष, गुल्मी र रुपन्देही घर भै बेनी बस्ने ३३ र २४ बर्षका महिला तथा पुरुष र बेनी नगरपालिका, १० ठेगाना भएका १ पुरुषमा कोरोना पुष्टी भएको जिल्ला कोभिड कन्ट्रोल ब्यवस्थापन समितिका सदस्य सुरत केसीले बताए ।

केसीका अनुसार हालसम्म म्याग्दीमा १ सय ४५ जनामा कोरोना पुष्टी भएकोमा १७ जना सक्रिय संक्रमितको उपचार भैरहेको छ ।