FLASH NEWS
  • Loading...

मंगला बाहेक स्थान विवादले गाउँपालिका शिलन्यास भएनन, अस्पताल माग्दै सडक अवरुद्ध

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ९४ पटक पढिएको
मंगला बाहेक स्थान विवादले गाउँपालिका शिलन्यास भएनन, अस्पताल माग्दै सडक अवरुद्ध

तस्वीर सौजन्य : मनोहर ढुङ्गाना, प्रमुख प्रशासकीय अधिकृत, मंगला गापा,

हरेक गाउँपालिकामा १५ शैयाको आधारभुत अस्पताल निर्माण थालनी म्याग्दीको मंगला गाउँपालिका बाहेक अन्य स्थानीय तहले निर्माण थालनी गर्न सकेनन ।
मंगला गाउँपालिकाले वडा नं ५ स्थित अर्मन हेल्थपोष्टसँगै जोडेर अस्पतालको शिलन्यास गरेको छ । अस्पताल बनाउन गाउँपालिकामा राष्ट्रिय योजना आयोगबाट ससर्त अनुदान अन्र्तगत भौतिक संरचना निर्माण गर्न १ करोड ५० लाख बजेट विनियोजन भएको मंगला गाउँपालिकाले जनाएको छ ।
मालिका, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले भने अस्पताल निर्माण गर्ने स्थान टुङ्गो लगाउन सकेका छैनन । संघिय सरकारले सोमवार देश भरका ३ सय ९६ स्थानीय तहमा सोमबार एकै दिन १५ शैयाको अस्पताल निर्माण थालनी गर्न लागेको थियो ।
‘प्राथमिक अस्पतालको भौतिक संरचना निर्माण थालनी भएको छ । अस्पतालमा रहने डाक्टर समेत स्वास्थ्यकर्मीको दरवन्दी टुङ्गो भएको छैन । भविश्यमा स्वास्थ्यचौकीको दरवन्दी मिलानगरी थप जनशक्ति आउने विश्वास गरेका छौं’ मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले भने, ‘ग्रामिण भेगमा स्वास्थ्यकर्मीको उपलब्धताको अवस्था हेर्दा निराशाजनक छ । विस्तारै डाक्टरहरुको उत्पादन बढ्दै जाने, स्थानीय सरकारहरु पनि सक्षम बन्दै जाँदा हट्ने छ ।’
अध्यक्ष रोकाले थपे, ‘बढी जनघनत्व भएको स्थानमा सिनियर डाक्टरको संगतले धेरै सिक्न पाईने हुँदा थोरै तलवमा पनि सहरका निजी अस्पतालमा डाक्टरसमेत स्वास्थ्यकर्मीको ओईरो लागेको हो । सवै स्थानीय तहमा नभएपनि हाम्रो जस्तो जनघनत्व भएको, पूर्वाधारयुक्र स्थानमा स्थानीय सरकारले पनि धेरथोर सेवासुविधा थप गर्न सक्षम बन्दा प्राथमिक तहको अस्पताल चल्न सक्छ ।’
त्यसैविच दुर्गम धौलागिरी गाउपालिकामा १५ शैयाको अस्पताल बनाउने विषयमा दुई वस्ती विच विवादहुँदा आन्दोलन चर्किको छ । स्थानीयले गाउँपालिका केन्द्र जोड्ने सडक अवरुद्ध बनाएका छन । धौलागिरी गाउँपालिकाले ताकम हेल्थपोष्टको भैरहेको पक्की संरचनाहरु उपयोग गर्ने गरी अस्पताल बनाउने निर्णय गरेपछि विवाद भएको हो । गाउँपालिका केन्द्र विवाद टुङ्गो लगाउँदा गरिएको धारापानीमा अस्पताल निर्माण गर्ने निर्णय कार्यान्वयन गर्नु पर्ने भन्दै सडक अवरुद्ध पारेका हुन ।
‘गाउँपालिकाले पुरानो निर्णय उल्टाएकोले समस्या वल्झेको हो । गाउँपालिकाको पूर्वनिर्णय अनुसार नै गाउँपालिका स्तरिय प्राथमिक अस्पताल धारापानीमा बन्नु पर्छ’ उद्योग वाणिज्य संघ धौलागिरी शाखा अध्यक्ष समेत रहेका किरण थापाले भने, ‘निर्णय सच्याउन दवाव दिन सडक अवरुद्ध बनाएका हौं । हामी सँधै उपेक्षित भयौं ।’
त्यसैगरी रघुगंगा गाउँपालिकामा १५ शैयाको अस्पताल वडा नं १ बेगमा निर्माण गर्ने र गाउँपालिका केन्द्र रहेको मौवाफाँटमा बनाउने विषयमा लामो विवाद रहँदै आएको छ । संघिय सरकार र स्थानीय सरकारको सत्तारुढ दल फरक परेपछि अस्पताल बनाउने विषय पनि विवादमा तानिएको हो ।
अर्को अन्नपूर्ण गाउँपालिकाले भने वडा नं ४ नारच्याङ वेंशीमा १० रोपनीबढी ब्यक्तिगत जग्गा निशुल्क प्राप्त भएपनि कागजी रुपमा गाउँपालिकाको नाममा नआएकोले अस्पताल निर्माण थालनी हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले सुनाए । मालिका गाउँपालिकाले भने स्थानीय दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई नै स्तर उन्नत गर्न उपयुक्त हुने सुझाव पठाएको जनाएको छ ।