FLASH NEWS
  • Loading...

आफ्नै छोरीको हत्या गराउन बाबुले दिए एकलाख रुपैयाँ

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४५३ पटक पढिएको
आफ्नै छोरीको हत्या गराउन बाबुले दिए एकलाख रुपैयाँ

रौतहटका रामअयोध्या साह तेलीले छोरीको हत्याका लागि एक लाख खर्च गरेको खुलासा भएको छ। उनले सुटरलाई एक लाख रुपैयाँ तिरेर छोरीको हत्या गरेको भन्दै प्रहरीले आइतबार सार्वजनिक गरेपछि यसको रहस्य खुलेको हो।

गत कात्तिक २६ गते रौतहटको माधवनारायण नगरपालिका ७ लौकाहा बस्ने रामअयोध्या साह तेलीकी छोरी १७ वर्षीया अमृताकुमारी साहको आफ्नै घरमा राति ११ बजे सुतिरहेका बेला कञ्चटमा गोली हानी हत्या गरिएको थियो। सो घटनामा संल्गन रहेको आरोमा प्रहरीले उनकै बाबु तेलीसहित ६ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।

तेलीकी छोरी अमृता पतिसँग सम्बन्धविच्छेदपछि आमाबुबाकै साथमा बस्दै आएकी थिइन्। उनी माइतीघरमै बसेका बेला २६ कात्तिकमा हत्या भएको थियो। पछिल्लो समय उनी प्रेममा परेको र घरपरिवारका मानिसहरु लिन आउँदा नगएको प्रहरीको दावी छ। छोरीको अर्कै घरमा पहिले नै विवाह भैसकेको र भागेर बिहे गरे आफ्नो इज्जत जाने ठानेर बुबा रामअयोध्याले हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

छोरीको हत्याका लागि रामअयोध्याले सुटरलाई एक लाख रुपैयाँको सुपारी दिएका थिए। परिवारका सदस्यहरुले अमृताकी आमा घरबाट बाहिर शौच गर्न गएको मौका छोपी करिब ११ बजे हतियारधारी समूह घरमा पसेर कन्चटमा गोली प्रहार गरी भागेको प्रहरीलाई जानकारी दिएका थिए। गोली लागेर ढलेकी अमृताको घटनास्थलमै मृत्यु भएको थियो।

सर्लाहीको मधुवनगोठका रुपेश साहसित २०७६ फागुनमा अमृताको बिहे भएको थियो। बिहेको केही समयपछि दुवैबीच सम्बन्ध राम्रो भएन। यहीबीच अमृताका श्रीमान् रुपेशलाई अज्ञात समूहले गत वैशाखमा चक्कु प्रहार गरेर घाइते बनाएको थियो। सम्बन्ध राम्रो हुन नसकेपछि दुवैबीच गएको असारमा सम्बन्ध विच्छेद भयो। त्यसपछि उनी माइतीमा बस्दै आएकी थिइन्। जिल्ला प्रहरी कार्यालयका डिएसपी भरत श्रेष्ठ टोलीले सो घट्नाको अनुसन्धान गरेको थियो ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र