FLASH NEWS
  • Loading...

जीप दुर्घटनामा परि किसोरीको घट्नास्थलमै मृत्यु, ५ घाईते

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ७४ पटक पढिएको
जीप दुर्घटनामा परि किसोरीको घट्नास्थलमै मृत्यु, ५ घाईते

सदरमुकाम बेनीदेखी करिव १५ किलोमिटर पश्चिम मंगला गाउँपालिका, २ सल्यान तर्फ जाँदै गरेको वोलेरो जीप आईतवार विहान अन्दाजी ११ बजे सोही गापा, २ काफलचोकमा दुर्घटनाग्रस्त हुँदासवार ११ बर्षिया करिस्मा केसीको घट्नास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परि चालक समेत ५ जना घाईते छन ।

प्रहरीका अनुसार चालक बाहेक सवै ५ जना यात्रु एकै परिवार/आफन्त हुन । दुर्घटना मृतक/घाईतेको घरदेखी करिव एक किलोमिटर तल भएका थियो । जीपमा चालक बाहेक २ महिला, २ पुरुष र २ बालकालिका थिए ।
प्रदेश २ ०३–००१ च ०२५३ नम्बरको डवल क्याव मालवाहक बोलेरो जीपमा सडकदेखी अन्दाजी २५ मिटरतल खोल्सामा खसेको थियो । दुर्घटनाका घाईतेको उद्धारगरी थप उपचार
कालागी सदरमुकाम बेनी लगिदै छ ।