FLASH NEWS
  • Loading...

बेनी नगरपालिकाका एक अधिकृतमा कोरोना पुष्टी

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ७५ पटक पढिएको
बेनी नगरपालिकाका एक अधिकृतमा कोरोना पुष्टी

बेनी नगरपाकिामा कार्यरत एक अधिकृत तहका कर्मचारीमा कोरोना पुष्टी भएको छ ।
जिल्ला कोभिड–१९ ब्यवस्थापन समितिका सदस्य सुरत केसीका अनुसार रघुगंगा गाउँपालिका, २ घर भै बेनी नगरपालिकामा कार्यरत २९ बर्षिय पुरुषमा शुक्रवार कोरोना पुष्टी भएको हो ।
तीन दिन अघि १० जनाको स्वाव संकलन गरिएकोमा ति अधिकृतलाई कोरोना संक्रमण भेटिएको हो । जिल्लामा हाल ५ जना संक्रिय संक्रमित होम आईसोलेसनमा रहेका छन ।
म्याग्दीका स्कुल तथा कलेजहरु खुलेसँगै स्वास्थ्य कार्यालय म्याग्दीले गर्ने नियमित कोरोना रिपोर्ट सार्वजनिक गर्ने काम रोकेको छ । त्यस्तै कन्ट्याक ट्रेसिङ गर्ने तथा स्वाव संकलन गर्ने काममा निस्कृयता देखाएको देखिएको छ ।