FLASH NEWS
  • Loading...

निर्माण विलम्ब हुँदा दरवाङ सवस्टेसन दुई बर्षदेखी अलपत्र

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १३२ पटक पढिएको
निर्माण विलम्ब हुँदा दरवाङ सवस्टेसन दुई बर्षदेखी अलपत्र

ठेकदारको लापरवाही र अति ढिलासुस्तीले मालिका गाउँपालिका, ६ रातोढुङ्गा (दरवाङ्ग)मा निर्माणाधिन ३३/११ केभि सवस्टेसन दुई बर्षदेखी अलपत्र छ ।
जिल्लाको पश्चिम क्षेत्रका मंगला, मालिका र धौलागिरी गाउँपालिका क्षेत्रमा केन्द्रीय प्रशारण लाईनको विजधुत आपूर्ति सहज बनाउन विधुत प्राधिकरणको आयोजना ब्यवस्थापन निर्देशनालय टेकु अन्र्तगतको विधुत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाले सन् २०१८ डिसेम्बर भित्र सम्पन्न गर्नेगरी राकेश अग्रवाल संञ्चालक रहेको ए टु जेड इन्जिनियरिङलाई सन २०१६ मा ठेक्का दिएको थियो ।
आयोजनाका अनुसार सवस्टेसनको सिभिल तर्फ कन्ट्रोल विल्डिङ, स्टाफ विल्डिङ र स्वीचार्ड गरी तीन संरचना तथा इलेक्ट्रिक तर्फ पर्वत जललजा गापाको मिलनचोक सवस्टेसनबाट बेनी पश्चिम २२ किमी लामो ११ केभिए प्रशारण लाईन, उपकरण जडान तथा मालिका गापाको रुम, देविस्थान समेत २५ किमीबढी वितरण लाईन एवं १२ वटा ११ केभीए क्षमताका ट्रान्सफर्मर जडान गर्ने गरी एटुजेडले ८ करोडमा ठेक्का लिएको हो ।
विधुत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाको गण्डकी प्रदेश हेर्ने कार्यालय दमौली तनहुँ कार्यालयका अनुसार सवस्टेसनको लमसममा ५० प्रतिशत काम सकिएको दावि गरेको छ । आयोजनाका अनुसार सिभिल वर्क तर्फ दुई वटा विल्डिङमध्य एउटाको पहिलो ढलान भएको, अर्को विल्डिङ पहिलो ढलान गर्ने अवस्थामा रहेको र स्वचार्डको फाउडेसन निर्माण भएको तथा इलेक्ट्रीक तर्फ प्रशारण लाईनका केही पोल गाढेको अवस्थामा काम रोकिएको जनाएको छ ।
योजनामा आर्थिक तथा भौतिक प्रगति प्रतिशतमा कति कति छ ? भन्ने प्रश्नमा आयोजना कार्यालयले कामको आधारमा ननिङ विलको आधारमा मात्र भुक्तानी दिईएको मात्र भन्यो । एउटै ठेकदारको धेरै योजनामा ठेक्का भएकोले पनि काममा ढिलाई भैरहेको छ । ठेकदारले अहिले गोर्खाको घ्याम्पेसाल र म्याग्दीको रातोढुङ्गा सवस्टेसनको काम सुरु गर्ने तयारीमा रहेको दावि गरेको छ ।
‘रातोढुङ्गा (दरवाङ) सवस्टेसन दुई बर्ष अघि नै निर्माण सम्पन्न हुनु पर्ने हो तर विभिन्न कारणले गर्दा ठेकदारले म्याद थप्दै बस्दै गरेको अवस्था छ । पछिल्लो पटक कोरोनाको कारण मजदुर परिचालन गर्न नसकेको भन्दै चौंथो पटक म्याद थप भएको छ’ आयोजनाका इन्जिनियर विसम खनालले भने, ‘पछिल्लो ९ महिनादेखी कार्यस्थलमा तिहारपछि ४–५ जना मजदुर परिचालन गरेको देखिएका भएप्नि ढिला भैरहेको छ ।’

जिल्लाको पश्चिम भेगको मालिका गापा, ६ रातोढुङ्गा ३३/११ केभीए सवस्टेसन र उत्तर तर्फ अन्नपूर्ण गापा, ३ दानामा २२०/३३/११ केभिए सव स्टेसन समयमै निर्माण नहुँदा म्याग्दी र मुस्ताङका विधुत उपभोक्ता दैनिक पटक–पटक विधुत ‘ट्रिप’ हुने समस्याबाट हैरान छन ।
विधुत प्राधिकरणका अनुसार मिलनचोक सवस्टेसनबाट संञ्चालित ११ केभि तीन वटा ६०, ८० र ८५ किमी ११ केभिए फिडर लाईनले ५ सयबढी सानाठूला ट्रान्सफर्मरको लोड बहन गर्नुे भएकोले बारम्बार समस्या आउने गरेको हो । मिलनचोक सवस्टेसनको तथ्याङ्क अनुसार हिउँदयाममा दैनिक १०–१५ पटक, चैत–बेशाख २५–३० पटक र वर्खायाममा ३०–४० पटकसम्म विधुत ट्रिप हुने गरेको छ ।
‘रातोढुङ्गा सवस्टेसन र दाना सवस्टेसन निर्माण ढिलाई हुँदा म्याग्दीका विधुत उपभोक्ता मारमा परेका छन । दाना सवस्टेसन केही महिनाभित्र चार्ज हुनसक्ने देखिएको भएपनि रातोढुङ्गा सवस्टेसन निर्माणको अझै टुङ्गो छैन’ विधुत प्राधिकरण म्याग्दी वितरण केन्द्र प्रमुख माधव महतले भने, ‘हामीले पटक–पटक हाम्रो माथिल्लो निकायलाई पत्राचारगरी समस्या जानकारी गराएका छौं । फरक निर्देशनालय र आयोजना भएकोले हामी आफैले हस्तक्षेप गर्ने र नियमन गर्न मिल्दैन ।’
जिल्लामा पटक–पटक विधुत ट्रिप हुने समस्या समाधान गर्न म्याग्दी वितरण केन्द्रले विधुत प्राधिकरण गण्डकी प्रदेश कार्यालय पोखरालाई पठाएको ५ वुँदे सुधारको सुझाव भनिएको छ, मालिका गापामा निर्माणाधिन ३३/११ केभि सवस्टेसन निर्माण छिटोगरी नयाँ फिडर तयार गर्ने, निर्माणाधिन २२० केभिए कालीगण्डकी करिडोर प्रशासर लाईनको दानामा ३३/११ केभि ट्रान्सफर्मर थप गरी ११ केभी फिडर बनाई हालको फिडर टुक्राउने सुझाईएको छ ।
त्यसैगरी सोही प्रशारण लाईनको कस्मा सवस्टेसनमा पनि २२०/३३ केभि टान्सफर्मर थप गरी ३३ केभि नयाँ सवस्टेसन बनाई पर्वत, बाग्लुङ र म्याग्दीका छुट्टाछुट्टै फिडर बनाउने र ११ केभि ब्रेकर राखी बेनीलाई छुट्टै लाईन दिने तथा मिलनचोकको हाल चालु ११ केभि इनकमिङ/आउटगोईङ फिडरमा रहेको ब्रेकर र प्यानल जीर्ण रहेकोले फेर्न पनि सुझाईएको छ ।