FLASH NEWS
  • Loading...

मुख्यमन्त्री र गाउँपालिका अध्यक्षले मीतेरी साईनो जोड्दा, म्याग्दीको राजनीति तरंङ्गीत

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १०७ पटक पढिएको
मुख्यमन्त्री र गाउँपालिका अध्यक्षले मीतेरी साईनो जोड्दा, म्याग्दीको राजनीति तरंङ्गीत

मीतेरी साईजो जोड्ने कुरा ब्यक्तिगत विषय हो । मित लगाउने चलन हराउँदै गएको वेला गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग र म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्या.डमबहादुर पुनविच मितेरी साईनो जोडेका छन ।

मुख्य मन्त्री र गाउँपालिका अध्यक्ष विच मितेरी साईनो जोडेको विषय ब्यक्तिगत भएपनि तर यहाँ नेकपाका स्थाई समिति सदस्य र म्याग्दी काँग्रेसका महासमिति सदस्यले मितेरी साईनोजोडेपछि भने म्याग्दीको राजनिती तरंङ्गीत भएको छ ।  लालकिल्ला भत्काएका पुनको मीत साईनो कम्युनिष्ट नेतासँग जोडिएपछि काँग्रेस झस्किएको छ । काँग्रेस मात्र होईन, नेकपा भित्रकै स्थानीय गापा अध्यक्ष र प्रदेश सांसदको मनोकाँक्षा वोकेकाहरु पनि त्रसिएका छन । मितेरी सम्बन्धमा सत्तारुढ दल नेकपा भित्र दुई अध्यक्ष विचको किचलोमा घिउ थप्ने र प्रतिपक्षि दल काँग्रेसमा कार्यकर्ताले भोलि कुनै दिन पार्टी नै परिवर्तन गरिदेलान कि भन्ने डरले विउ रोपिएको छ । अन्नपूर्णको मीत तरंग सत्तारुढ नेकपा भित्र मंगला र मालिकामा पनि पर्ने देखिएको विष्लेषण थालिएको छ ।
गुरुङ र पुन विच सोमबार साँझ अन्नपूर्ण गापा, २ भुरुङतातोपानी स्थित एक होटलमासीमित आफन्त र ब्यक्ति विच पारिवारिक वातावरणमा टिकाटालो, ढाकाटोपी र माला आदान–प्रदानगरी मितेरी साईनो जोडेका थिए । मंगला गापा उपाध्यक्ष सृजना केसी र मालिका गापा उपाध्यक्ष खरमायाँ विटालुको तरतम्यमा जुराईएको मितेरी साईनो लगाउने कार्यक्रम ‘गोप्य’ राख्न भनिएपनि सार्वजनिक भएपछि सत्तारुढ दलमा विश्वास/अविश्वासको विवाद निक्लेको छ । प्रधानमन्त्री ओली निकट मुख्य मन्त्रीको मितेरी साईनो जोडेको विवरणलाई पूर्व एमाओवादी पक्षले सार्वजनिक गरिदिएको पूव एमाले पक्षले आरोप लगाएको छ ।
त्यसैगरी गाउँपालिका अध्यक्षले प्रदेशका मुख्यमन्त्रीसँग मीतेरी साईनो जोड्दा काँग्रेसमा पनि शंकाको डढेलो लागेको छ । सत्तारुढ नेकपाका माथिल्लो तहका नेतासँगको मीतेरी नाता क्या.डमबहादुरको नेकपा प्रवेशको पूर्वअध्यासको रुपमा केही काँग्रेसी कार्यकर्ताको बुझाई छ । सत्तारुढ नेकपाका ओली निकट विद्यार्थी इश्वर सुवेदीले सामाजिक सञ्जालमा टिप्पणी गर्दै क्या. डमबहादुर नेकपा प्रवेश गर्ने दावी गरेका छन ।
काँग्रेसका बेनी नगरसचिव हरी पौडेलले सामाजिक सञ्जालमा फेसवुकमा स्टाटसमा आशंका गरेका छन । पौडेलले स्टाटसमा लेखेका छन, ‘पृथ्वीनारायण शाहले राज्य एकिकरण गर्दा मित लगाएर राज्य कब्जा गरेका इतिहाँस पढ्न पाईन्छ, त्यस्तै हुने हो कि मुख्यमन्त्री गुरुङ र डमबहादुर बिचको मितेरी सम्बन्ध ?’
गुरुङ र मगर विचको मितेरी सम्बन्ध अहिले एकाएक जोडिएको भने होईन । गत फागुनमा अन्नपूर्ण गाउँपालिकाले नारच्याङमा आयोजना गरेको ‘अन्नपूर्ण पर्यटन महोत्सव’ उद्घाटन मञ्चमै मीतेरी साईनो जोड्ने तयारी भएको थियो । तर त्यसवेला म्याग्दीबाट प्रतिनिधी सभा सदस्य एवं नेकपा केन्द्रीय सदस्य भुपेन्द्रबहादुर थापाले सार्वजनिक कार्यक्रममा ‘मीत’ लगाउने ब्यक्तिगत विषय जोड्न नहुने सुझाएपछि स्थगित भएको थियो ।
‘राजनैतिक ब्यक्तिहरुको ब्यक्तिगत नातासम्बन्ध जोड्ने विषय भएको हो । जनप्रतिनिधी नहुँदासम्म हाम्रो चिनजान थिएन । राजनैतिक आस्था फरक भएपनि हाम्रो अनुहार, स्वभाव, उमेर मिल्लो जुल्दो भएकोले सवै साथीभाईले मित लगाउन भन्दै धेरै पटक प्रस्ताव गरेपछि दुवै जनाले स्वीकार गरेका हौं’ अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्या.डमबहादुर पुनले भने, ‘हाम्रो ब्यक्तिगत मीतेरी सम्बन्धले राजनैतिक विचारसँग जोड्नु हुँदैन ।’
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग र गाउँपालिका अध्यक्ष क्या.डमबहादुर गर्वुजा वीचको मीतेरी साईनो जोडेपछि सत्तारुढ नेकपा अन्नपूर्ण गाउँपालिका भित्र पनि तरंग फैलिएको छ । आगामी स्थानीय निर्वाचनमा लाईन पर्खेका नेकपाका अगुवाहरु कतै क्याप्टेन नेकपा प्रवेशगरी पुन: अध्यक्ष दावी गर्ने त होईनन ? भन्ने चिन्तामा देखिएका छन । नाम उल्लेख गर्न नचाहने अन्नपूर्णका एक नेकपा कार्यकर्ताले भने, ‘भोली जे पनि हुन सक्छ । अवसर र जोखिम दुवै बढेको छ ।’