FLASH NEWS
  • Loading...

कोरोनाले २४ घण्टाभित्र २८ को मृत्यु, एकै दिन अहिलेसम्मकै बढी

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ६३ पटक पढिएको
कोरोनाले २४ घण्टाभित्र २८ को मृत्यु, एकै दिन अहिलेसम्मकै बढी

पछिल्लो २४ घण्टाभित्र मुलुकभर कोरोना भाइरस संक्रमणका कारण २८ जनाको मृत्यु भएको छ । यो संख्या भनेको अहिलेसम्म एकै दिन मृत्यु हुनेको सबैभन्दा बढी हो ।

यो संख्यासहित नेपालमा कोरोना भाइरसबाट आजसम्म २ लाख २६ हजार २६ जना संक्रमित भइसकेका छन् । यस्तै १६ लाख ९० हजार ५०९ जनाको पीसीआर नमुना परीक्षण गरिसकिएको छ ।

कोरोना संक्रमणबाट २४ घण्टाभित्रमा मुलुकभर ३१ सय ४० जना संक्रमणमुक्त भएका छन् । आजको संख्यासहित कोरोना संक्रमणको उपचार गराई २ लाख ७ हजार ९९८ जना डिस्चार्ज भइसक्नु भएको छ । नेपालमा निको हुने ९२ प्रतिशत रहेको छ ।

यसैगरी अहिले कोरोना सक्रमितमध्ये आइसोलेसनमा १६ हजार ६३९ र क्वारेन्टाइनमा ६६९ जना बसेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८३५ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका ६३५ जना, ललितपुरका ११३ र भक्तपुरका ८७ जना छन् ।