FLASH NEWS
  • Loading...

बागलुङमा जिप खस्दा दुईको मृत्यु

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १३३ पटक पढिएको
बागलुङमा जिप खस्दा दुईको मृत्यु

रोकिराखिएको जिप गुडेर खोलामा खस्दा दुई जनाको मृत्यु भएको छ । बडीगाड गाउँपालिका–६ मा सोमबार बिहान लु१ज ४३७० नम्बरको जिप खोलामा खसेको हो ।

चालकले सामान राख्न लागेका बेला जिप खसेको बडीगाड–६ का वडाध्यक्ष मौसमकाजी क्षेत्रीले बताए । मृत्यु हुनेमा वडा नं. ६ की २३ वर्षीया टेकमाया श्रीस र उनकै एक वर्षीया छोरी छन् । दुर्घटनामा एक महिला घाइते छिन् । उनलाई स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ ।

वडा नं. ६ को ग्रामीण बस्तीबाट जिप खौलार बजार आउँदै थियो । घटनाबारे जानकारी पाएपछि टोली खटाइएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।