FLASH NEWS
  • Loading...

ओजे फाउण्डेसनद्धारा अनाथ बालबालिकालाई न्यानो कपडा वितरण

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २६० पटक पढिएको
ओजे फाउण्डेसनद्धारा अनाथ बालबालिकालाई न्यानो कपडा वितरण

ओजे फाउण्डेसन म्याग्दीले नेपाल वाल संगठन म्याग्दीद्धारा बेनीमा संञ्चालित वाल गृहमा रहेका अनाथ वालबालिकालाई जाडोकालागी न्यानो कपडा र कापीकलम सहयोग गरेको छ ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रिय कार्यसमितिका अध्यक्ष ओमनारायण जुग्जालीले स्थापना गरेको ‘ओजे फाउण्डेसन’ ले वालगृहमा रहेका १३ जना बालबालिकालाई ज्याकेट, फाईन्ट समेत कापी, कलम सहयोग गरेको हो ।
जुग्जालीले बुधवार वालगृहमा गै वालबालिकालाई न्यानो कपडा हस्तान्त्रण गरेका थिए । उक्त अवसरमा मोना आईसिसिका महासचिव विक्रम कार्की, नेपाल वाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यको पनि उपस्थिती रहेको थियो ।