FLASH NEWS
  • Loading...

शनिवार बेनीका ९ समेत म्याग्दीमा १० जनामा कोरोना पुष्टी

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ७४ पटक पढिएको
शनिवार बेनीका ९ समेत म्याग्दीमा १० जनामा कोरोना पुष्टी

सदरमुकाम बेनीमा आज शनिवार लक्ष्मीपुजाको एकै दिन १० जनामा कोरोना पुष्टी भएको छ ।
स्वास्थ्य कार्यालयले जारी गरेको विरण अनुसार बेनी नगरपालिका, ७ बेनी घर भएका १८ र २६ बर्षका २ जना पुरुष, २६ र ५५ बर्षका २ जना महिला, वडा नं ८ बेनीकै २५, ६७ र ७५ बर्षका ३ पुरुष र ३० र ५८ बर्षका दुई महिला समेत बेनीमा ९ जनामा कोरोना पुष्टी भएको छ ।
त्यस्तै अन्नपूर्ण गाउँपालिका, ४ घर भै अन्नपूर्ण गाउँपालिका कार्यालय पोखरेबगरमा कार्यरत २८ बर्षिया महिलामा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार म्याग्दी घर भएका १ सय ४४ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । जसमध्य हालसम्म १५ महिला र ९५ पुरुष संक्रमण मुक्त भएका छन । बाँकी ३४ जना संक्रिय संक्रमित होम तथा स्थानीय आईसोलेसनमा उपचाररत छन ।