FLASH NEWS
  • Loading...

बेनीमा कोरोना संक्रमणबाट अर्की महिलाको पनि मृत्यु

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ७४ पटक पढिएको
बेनीमा कोरोना संक्रमणबाट अर्की महिलाको पनि मृत्यु

कोरोना संक्रमणबाट सदरमुकाम बेनीको कालीपुल वसपार्क क्षेत्रमा होटल ब्यवसाय संञ्चालन गर्दै आएकी एक ७६ बर्षिया बृद्धाको मृत्यु भएको छ ।
मुस्ताङको थासाङ गाउँपालिका घर भै लामो समयदेखी बेनीमा होटल ब्यवसाय गर्दै आएकी बृद्धालाई स्वासप्रश्वास समस्या भएपछि मंगलवार बेनी अस्पतालले पोखरा स्थित गण्डकी मेडिकल कलेज रिफर गरेकोमा अस्पतालमा उपचारक्रममा विहिवार मृत्यु भएको थियो । बृद्धाको स्वावको परिक्षण गर्दा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय बेनीका प्रमुख एकनारायण लम्सालले बताए ।
यस अघि कात्तिक १४ गते बेनीका एक बृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । बेनीमा पछिल्ला दिनमा कोरोना संक्रमण समुदाय तहमा फैलिरहेको छ । केही संक्रमितको कन्ट्याक हिस्ट्री समेत पत्ता नलागेकोले संक्रमित पत्ता लगाउन समस्या हुन थालेको छ ।