FLASH NEWS
  • Loading...

लक्षण र चिन्ह भएकाको कोरोना परीक्षण र उपचार सरकारी स्वास्थ्य संस्थामा नि:शुल्क

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २८९ पटक पढिएको
लक्षण र चिन्ह भएकाको कोरोना परीक्षण र उपचार सरकारी स्वास्थ्य संस्थामा नि:शुल्क

कोरोनाको लक्षण र चिन्ह भएका व्यक्तिको परीक्षण र उपचार सरकारी प्रयोगशाला र अस्पतालमा निशुल्क हुने भएको छ । तर त्यसरी उपचार लिने व्यक्तिहरुले कुनै वीमा कम्पनीबाट कोरोना वीमा गराएको भए परीक्षण र उपचार खर्च बीमा रकमबाट असुलिने बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको बुधबारको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले लक्षण र चिन्ह देखिएका व्यक्तिको परीक्षण र उपचार सरकारी प्रयोगशाला र अस्पतालमा निशुल्क हुने बताए ।

सरकारले कोरोनाको उपचारका केही निजी अस्पताल र मेडिकल कलेजसंग समेत सम्झौँता गरी त्यहाँको सेवा समेत प्रयोग गरेको छ । त्यस्ता अस्पतालमा पनि उपचार गर्दा पैसा लाग्दैन् । तर कोरोना विमा गरेको छ भने त्यस्तो व्यक्तिको उपचार खर्च भने वीमाबाट नै असुलिने डा गौतमले स्पष्ट पारे । उनले सक्षम, इच्छुक र योगदान गर्न चाहनेले परीक्षण र उपचारमा योगदान गर्न सक्ने समेत बताए ।

गत ३० भदौमा सरकारले गरीव तथा विपन्न, असाहाय, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको परीक्षण र उपचार मात्रै निशुल्क गर्ने बताएको थियो । सो निर्णयपछि कोरोना महामारीको बेला परीक्षण र उपचारबाट सरकार भागेको भन्दै आलोचना भएको थियो ।

जनताको कोरोना परीक्षण र उपचार निशुल्क हुनुपर्ने भन्दै सर्बोच्चमा रिट समेत परेको थियो । गत १५ असोजमा सर्बोच्चले परीक्षण र उपचार निशुल्क गर्नुपर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आदेश जारी गरेको थियो । सोही आदेश अनुरुप गत सोमबार बसेको मन्त्रीपरिषदको बैठकले यो निर्णय गरेको हो ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र