FLASH NEWS
  • Loading...

युवा पुस्तालाई पार्टीको नेतृत्व हस्तान्तरण : नेकपामा क-कसलाई छ अवसर?

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २७७ पटक पढिएको
युवा पुस्तालाई पार्टीको नेतृत्व हस्तान्तरण : नेकपामा क-कसलाई छ अवसर?

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले गत कात्तिक २२ गते एउटा घोषणा गरे- पार्टीको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्छ।

प्रधानमन्त्री ओलीका अनुसार ६० वर्ष कटेकाले अब नेतृत्वमा दाबी गर्न छाडेर ५०-६० उमेर समूहका दोस्रो पुस्तालाई छाडिदिनुपर्छ। उनको त्यो अभिव्यक्तिपछि त्यसले नेकपामा मात्रै होइन, नेपालको राजनीतिमा नै एउटा तरंग ल्यायो।

आगामी महाधिवेशनबाट आफू नेतृत्वको दाबी नगर्ने भन्दै आएका ओलीले गत कात्तिक २२ गते सो अभिव्यक्ति दिएपछि अब नेकपाको नेतृत्व गर्न कसले पाउँछ त भन्ने बहस चलेको छ।

ओलीले प्रस्ताव गरेअनुसार महासचिव विष्णु पौडेलबाहेक अरूले उमेर समूहअनुसार पार्टीको नेतृत्व लिन पाउने छैनन्। नेकपा सचिवालय सदस्यमा पौडेलमात्रै एक्ला एउटा यस्ता सदस्य हुन् जसको उमेर ६० वर्षको मात्रै छ।

सचिवालय सदस्यमा सबैभन्दा पाको उमेर उपाध्यक्ष गौतमको छ। गौतम हाल ७२ मा हिँडिरहेका छन् भने वरिष्ठ नेता झलनाथ खनाल गौतमभन्दा दुई वर्ष मात्रै कान्छा छन्। खनालको उमेर हाल ७० पुगेको छ। प्रधानमन्त्री ओली आफैं पनि अहिले ६८ मा हिँडिरहेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल उनीभन्दा दुई वर्ष मात्रै कान्छा छन्। दाहालको उमेर अहिले ६६ पुगेको छ।

ओलीभन्दा एक वर्ष कान्छा तर प्रचण्डभन्दा एक वर्ष मात्रै जेठा वरिष्ठ नेता माधव नेपाल ६७ वर्षको उमेर गुजारिरहेका छन्। गृहमन्त्री रामबहादुर थापा ६५ वर्ष पुगेका छन्। थापाभन्दा दुई वर्ष मात्रै जेठा ईश्वर पोखरेल छन्, उनको हाल उमेर ६७ वर्ष हो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ६२ वर्षका भएका छन्। स्थायी कमिटीका ४५ जना सदस्यमध्ये अधिकांश ६० वर्षमाथिका देखिएका छन्।

प्रधानमन्त्री ओलीले प्रस्ताव गरेअनुसार प्रवक्ता श्रेष्ठ र महासचिव पौडेलबाहेक अरूले नेतृत्व गर्ने अवसर प्राप्त गर्न नसक्ने देखिएको छ।

ओलीले ५०-६० बीचकाले अबको नेकपा नेतृत्व गर्न दिनुपर्ने प्रस्ताव गरेअनुसार स्थायी कमिटी सदस्यमध्ये योगेश भट्टराई (५४), गोकर्ण विष्ट (५५), जनार्दन शर्मा (५७), वर्षमान पुन, पम्फा भुषाल (५७), घनश्याम भुषाल (५९), टोपबहादुर रायमाझी (५९), प्रदीप ज्ञवाली (५८), शंकर पोखरेल (५६) लगायतलाई भने नेतृत्व गर्ने अवसर रहेको देखिन्छ।

तर, हरिबोल गजुरेल (६५), देवप्रसाद गुरूङ (६६), सुवासचन्द्र नेम्वाङ (६७) लगायत बहुमत स्थायी कमिटी सदस्यले नेतृत्व दाबी गर्न पाउने छैनन्। प्रधानमन्त्री ओलीले भनेझैं उमेरहद लागू भए उनीहरूलाई नेतृत्वको दाबी गर्न आफ्नो उमेरले रोक लगाउने छ। dekhapadhi.com

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र