FLASH NEWS
  • Loading...

बेनीमा थपिए ४ जना कोरोना संक्रमित, सिकिस्त संक्रमितलाई पोखरा रिफर गरियो

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ६२ पटक पढिएको
बेनीमा थपिए ४ जना कोरोना संक्रमित, सिकिस्त संक्रमितलाई पोखरा रिफर गरियो

मंगलवार सदरमुकाम बेनीका ४ जनामा कोरोना संक्रमित थपिएका छन । संक्रमितमध्य सिकिस्त बेनी नगरपालिका, ८ बेनीका २६ बर्षिय पुरुषलाई थप उपचारकालागी पोखरा गण्डकी अस्पतालमा रिफर गरिएको छ
स्वास्थ्य कार्यालयका अनुसार संक्रमितको सम्पर्कमा पुगेका र कन्ट्रयाक ट्ेरसिङमा परेका बेनी नगरपालिका, २ का १५ बर्षिय पुरुष, बेनपा, ६ का ६५ बर्षिय पुरुष, बेनी नपा, ८ का २६ बर्षिय पुरुष र बेनी अस्पतालका ३० बर्षिय पुरुषमा कोरोना पुष्टी भएको हो । संक्रमितमध्य २६ वर्षिय पुरुषलाई अक्सिजन लगाएर पोखरा रिफर गरिएको छ । होम क्वारेन्टाईनमा रहेका ६५ बर्षिय पुरुषलाई पनि कडा लक्षण देखिदै गएको बताईएको छ ।