FLASH NEWS
  • Loading...

बालुवाटारमा वरिष्ठ नेतासमक्ष पार्टीलाई फुटबाट जोगाउन प्रधानमन्त्री ओलीको आग्रह

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४८४ पटक पढिएको
Post Thumbnail

सरकारको नेतृत्व गरिरहेका सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग पार्टी फुटको संघारमा पुगेको भन्दै त्यसबाट जोगाउन आग्रह गरेका छन्।

पार्टीमा दुई अध्यक्ष केपी शर्मा ओली र पुश्पकमल दाहाल प्रचण्डबीचको विवाद चुलिँदै जाँदा बालुवाटारमा भर्खरै सम्पन्न प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालसहित भीम राावल, सुरेन्द्र पाण्डे तथा रघुजी पन्तसमेत सम्मिलित छलफलको क्रममा प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन्।

अर्का अध्यक्ष पुश्पकमल दाहाल प्रचण्डले पार्टीमा आफ्नो काम गर्नुभन्दा पनि सरकारको काममा अवरोध सिर्जना गर्ने, सरकार तथा आफूलगायतका अन्य नेताहरुको आलोचनामै समय खर्चिने गरेको गुनासो गर्दै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई भने, “धेरै लामो संघर्ष र त्यागबाट पार्टी आजको अवस्थामा आइपुगेको छ। यसमा सबै नेता तथा कार्यकर्ताहरुको योगदान छ। तर अहिले पार्टी संकटको अवस्थामा छ। फुटको संघारमा पुगिसकेको छ। यसलाई जोगाउन तपाईले भूमिका खेल्नुप¥यो।”

वरिष्ठ नेता नेपालले भने पार्टीको प्रथम अध्यक्ष तथा प्रधानमन्त्री भएका कारण ओलीको सबभन्दा सक्रिय र रचनात्मक भूमिका हुने भन्दै त्यसका लागि प्रतिबद्ध हुन प्रधानमन्त्रीलाई सुझाएको वैठकमा सहभागि नेताहरुले बताएका छन्। “तपाई प्रधानमन्त्री र अध्यक्ष पनि भएकाले तपाई नै सबभन्दा बढि जिम्मेवार हुनुपर्छ। पार्टीलाई फुटबाट जोगाउँदै अगाडि बढाउने कामको नेतृत्व तपाईले नै लिनुपर्छ,” वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई भनेका थिए।

वरिष्ठ नेता नेपाल तथा उनीनिकटहरुले पार्टीभित्रको विवादमा कार्यकारी अध्यक्ष प्रचण्डललाई साथ दिँदै आएका छन्। तर पछिल्लो समय प्रधानमन्त्री ओलीले मदन भण्डारीद्धारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनबाद (जबज) मार्फत एकताका लागि वरिष्ठ नेता नेपाललाई प्रस्ताब गरेका थिए।

ओलीले यही कात्तिकमामात्र यसअघि दुई पटक नेपालसँग भेटेर पूर्व एमालेहरु सहकार्य गरेर अघि बढ्न वरिष्ठ नेता नेपालसमक्ष प्रस्ताब गरेका थिए। ओली पक्षधर नेताहरुले एमालेका पुराना नेता प्रदीप नेपालकहाँ पुगेरै वरिष्ठ नेता नेपाललाई सहकार्यका लागि सम्झाउन अनुरोध गरेका थिए। त्यसपछि प्रदीप नेपालले पनि वरिष्ठ नेता नेपाललाई ओलीसँग सहकार्य गर्दै पूर्व एमालेहरु मिल्न र जबजलाई स्थापित गर्न सुझाएका थिए।

ओलीको प्रस्ताबमा लामो समयदेखि कटुतापूर्ण सम्बन्ध रहेका कारण वरिष्ठ नेता नेपाल सुरुमै विश्वस्त हुन नसके पनि उनले त्यसलाई गम्भीरतापूर्वक विचार गरिरहेको उनीनिकट नेताहरुले बताएका थिए।

यसबीचमा जबजमार्फत पूर्व एमालेहरुबीच सहकार्यको वातावरण मिलाउनका लागि ओली पक्षबाट महासचिव विष्णु पौडेल र नेपाल पक्षबाट भीम रावलबीच लामै छलफल भएको थियो।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र