- Loading...
कोरोना संक्रमित खोज्न बेनी र दरवाङका घरघरमा जनप्रतिनिधि र स्वास्थ्यकर्मी परिचालन

- पुनहिल डट कम
- ५ साल अघि
- २३४ पटक पढिएको
कोरोना संक्रमणको जोखिम बढेपछि म्याग्दीको सदरमुकाम बेनी र जिल्लाको दोस्रो सदरमुकाम मानिएको दरवाङ वजारमा कोरोना संक्रमित खोजी अभियान थालिएको छ ।
बेनीमा बेनी नगरपालिका ७ र ८ वडाको अगुवाई र दरवाङमा मालिका गाउँपालिका, ६ वडा कार्यालयको अगुवाईमा कोरोना संक्रमितको खोजी तथा स्वास्थ्य सुरक्षा मापदण्ड पालना अनुगमन गर्न थालिएको हो । मालिका गापा, ६ दरवाङमा शनिवारदेखी र बेनीबजारमा आईतवार विहान देखी अभियान सुरु भएको हो ।
कतिपय संक्रमित स्वास्थ्यकर्मीको पहुँच भन्दा बाहिर रहेको हुन सक्ने भएकाले स्वास्थ्यकर्मीको टोलीले घरघरमा पुगेर नागरिकको स्वास्थ्य अवस्थाका वारेमा जानकारी लिन अभियानको थालनी गरिएको मेयर हरिकुमार श्रेष्ठले बताए ।
बेनी नगरपालिका,डिसिसिएमसी र स्वास्थ्य कार्यालय सहितको टोलीले घरघरमा पुगेर कोरोना संक्रमितको खोजी, चेतनामुलक सन्देश प्रवाह अभियान थालनी गरिएको हो ।
बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्साल सहित स्वास्थ्यकर्मीको टोली घरघरमा पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिने,जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न सपथ खुबाउने गरेको छ ।
बजार क्षेत्रमा केही संक्रमितको कन्ट्याक् ट्रेसिङमा परेका ब्यक्तिहरु स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको र समुदायमा संक्रमित छिपेर बसेको आशंका बढेपछि घनावस्ती रहेका बेनी र दरवाङमा आशंकित संक्रमित र सिजनेवल फ्युको पहिचान गर्न अभियान थालिएको हो ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





















