FLASH NEWS
  • Loading...

बेनीको वारी र पारीगरी ४ जना कोरोना संक्रमित थपिए

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ७३ पटक पढिएको
बेनीको वारी र पारीगरी ४ जना कोरोना संक्रमित थपिए

आईतवार वारी र पारी वेनीमागरी ४ जनामा कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य कार्यालयका अनुसार संक्रमितको सम्पर्कमा पुगेका र कन्ट्रयाक ट्ेरसिङमा परेका बेनी नगरपालिका, ९ का ३० बर्षिय पुरुष, चितवन घर भै बेनी नगरपालिका, ४ बस्ने २७ बर्षका पुरुषमा आईतवार कोरोना पुष्टी भएको हो ।
त्यसैगरी अन्नपूर्ण गाउँपालिका, ८ घर स्थाई ठेगाना भएकी ३४ बर्षिया महिला र नगरपालिका, १ घर भै हाल दुवै जना पारीवेनी (पर्वत, जलजला गापा) बस्ने महिलाहरुमा पनि आईतवार पोखरामा कोरोना पुष्टी भएको छ । दुवै जनाको पोखरा स्थित चरक अस्पतालको आईसोलेसनमा उपचार भैरहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा १ सय १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ति मध्य ३८ जना सक्रिय संक्रमितको होम आईसोलेसन तथा स्थानीय आईसोलसनमा उपचार भैरहेको छ ।
त्यस्तै जिल्लामा घर भै बाहिर जिल्लामा गै आफै कोरोना परिक्षणपछि १८ जनामा कोरोना संक्रमण पुष्टी भएका ब्यक्ति उपचाररत छन ।